ताजा अपडेट
खनाल–नेपाल समूको समानान्तर कमिटीमा बस्नेलाई पार्टीले कारबाही गर्छ’
काठमाण्डौ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्नेसमेतलाई कारबाही गर्ने दिशामा पार्टी अगाडि बढ्छ ।’
लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उहाँले बताउनुभयो । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि उहाँले बताउनुभयो ।
प्रमुख सचेतक भट्टराईले भन्नुभयो ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्ने पार्टी यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वाभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यस कारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया