Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मध्यावधि निर्वाचनका लागि तयार छौं: विवेकशील साझा

मध्यावधि निर्वाचनका लागि तयार छौं: विवेकशील साझा

काठमाडौँ- विवेकशील साझा पार्टीले मुलुकमा मध्यावधि निर्वाचन भए त्यसका लागि तयार रहेको बताएको छ।

पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा सोमबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा पार्टीका अध्यक्ष रविन्द्र मिश्र तथा संयोजक मिलन पाण्डेले मध्यवधि चुनावका लागि तयार भएको बताए।


मध्यवधि निर्वाचन हुनसक्ने सम्भावनालाई कायम राख्दै गत मंसिर अन्तिम साता विवेकशील र साझा पार्टीबीच पुनः एकता भएपछि देशभर अहिले समायोजनको क्रम तीव्र पारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता भए उनले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। यदि विश्वासको मत पनि लिन सकेनन् र नयाँ सरकार नबन्ने स्थिति भयो भने मुलुक मध्यविधि निर्वाचनमा जान सक्छ।

प्रधानमन्त्री ओलीले पनि बारम्बार ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन्। संसद विघटन गर्दै ओलीले बैशाखमा निर्वाचन घोषणा समेत गरेका थिए।

‘यदि वैद्यानिक रुपमा अर्को सरकार बनेन र मध्यवधि निर्वाचनमा जानुपर्यो भने त्यसका लागि विवेकशील साझा तयार छ,’ अध्यक्ष मिश्रले भने, ‘हामीले अहिले चुनाव हुन्छ भनेर अपेक्षा गरेको हैन। तर कथनकदाचित चुनाव हुने अवस्था आयो भने मध्यवधि चुनावमा हामी डटेर लड्छौं र राम्रो नतिजा ल्याउन प्रयास गर्छौ।’

मिश्रले निर्वाचनमा विवेकशील साझा राष्ट्रिय पार्टी बन्नुपर्नेमा जोड दिए। उनले यो चोटी विवेकशील साझा राष्ट्रिय पार्टी बन्दै देशको नेतृत्वमा नपुगे त्यसले युवाहरुको भविष्य बर्बाद हुने जिकिर गरे।

यस्तै पार्टीका संयोजक पाण्डेले प्रधानमन्त्री ओलीले सम्वैधानिक कु गरेर सरकारमा बस्ने नैतिकता गुमाइसकेकाले नैतिक हिसाबले नयाँ सरकार बन्ने बाटो खुला गरिदिनुपर्ने बताए। सरकार नबन्ने अवस्थामा सम्वैधानिक रुपमा मध्यवधि निर्वाचन घोषणा हुनुपर्ने र त्यसको फेस गर्न पार्टी तयार रहेको उनले बताए।

‘ओली जीले जे गर्नुभयो। उहाँले सरकारको नेतृत्व गर्ने नैतिकता गुमाइसक्नुभयो र उहाँले नैतिक हिसाबले नयाँ सरकार बन्ने बाटो खुला गरिदिनुपर्छ,’ उनले भने, ‘त्योसँगसँगै नयाँ सरकार नबन्ने अवस्था आयो भने संम्विधानको टेकेर मध्यवधि निर्वाचन हुन्छ। त्यो फेस गर्न विवेकशील साझा पार्टी तयार छ।’

प्रतिक्रिया