ताजा अपडेट
खनाल–नेपाल समूहले बागमती प्रदेशमा गर्यो समानान्तर कमिटी घोषणा

काठमाडौं- नेकपा (एमाले)को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईँ रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।
समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
प्रतिक्रिया