Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कर्णालीका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीको कुर्सी धरापमा

कर्णालीका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीको कुर्सी धरापमा

काठमाडौं- कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

नेकपा (एमाले)बाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आज राजीनामा दिएका हुन् । उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् ।

एमाले प्रदेश कमिटीको आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी केन्द्रको सरकारमा सहभागी माधव नेपाल समूहका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्णयको दुई दिनपछि तीनैजना मन्त्रीको राजीनामा आएको हो ।

यसैबीच आजै एमाले प्रदेश कमिटी संसदीय बैठक बस्दैछ । बैठकअघि नै मन्त्रीहरुको राजीनामा आएको हो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका मात्रै २० सांसद छन् । एमाले प्रवेश गरेपछि एकजना धर्मराज रेग्मीलाई माओवादी केन्द्रले पदबाट मुक्त गर्दा प्रदेशमा कुल ३९ सांसद छन् । कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।

पार्टीको एकल बहुमत पुग्ने भएकाले एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीस्वरुप माओवादी सरकारका मन्त्री फिर्ता बोलाएको हो । एमालेको तयारीसँगै मुख्यमन्त्री शाहीको सरकार ढल्ने निश्चित भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया