Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वाग्मती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

वाग्मती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

काठमाडौँ- वाग्मती प्रदेशसभाको आजको बैठक शुरु भएलगतै नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गर्नुभयो । उहाँले सरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र योजनाको बाँडफाँट गरी प्रतिपक्ष दललाई उपेक्षा गरेको आरोप लगाउनुभयो ।

सरकारले एक पक्ष ढङ्गबाट प्रदेशका विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्ने भनि आह्वान गरिएको बोलपत्र नाजायज भएको र सो बोलपत्र तत्काल सरकारले नै रद्द गर्नुपर्ने उहाँको माग थियो । प्रदेशसभाका सभामुखले पनि सरकारको दबाबमा परेर अविश्वासको प्रस्तावमाथि तलफल गर्ने वातावरण सिर्जना गर्न नसक्नुभएको बताउँदै नेता कट्टेलले प्रदेशसभाको विभिन्न समिति र कार्यपरामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षलाई सूचनासमेत नदिएर छलफल अगाडि बढाएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले संसद्मा पेश गरिएको अविश्वासको प्रस्ताव छलफलमा ल्याउन माग गर्दै आफ्नो दलको तर्फबाट फिर्ता नहुने र छलफलमा पराजित भएमा सो नतिजालाई स्वीकार गर्ने बताउनुभयो । नेता जम्मकट्टेलले आफ्नो मन्तव्य सकिनेबित्तिकै उहाँका दलका प्रदेशसभाका सांसदले आ–आफ्नो आसनबाट उठेर बैठकको विरोध गर्नुभएको थियो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले चैत २५ गते दिउँसो ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया