ताजा अपडेट
कांग्रेसको आन्तरिक एकता बलियो हुनुपर्यो: देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीको आन्तरिक एकता बलियो हुनुपर्ने बताएका छन्।
कांग्रेस एक भए कुनै पनि तागतले हराउन नसक्ने उनले बताए। मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ मा शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै सभापति कांग्रेस सभापति देउवाले पार्टीका सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए।
उनले भने, ‘अहिलेको जस्तो जटिल परिस्थितिमा पनि पार्टीलाई जिताउन सजिलो हुन्छ यदी हामी एक भयौं भने।’
नेपाली कांग्रेसले प्रजातन्त्रको रक्षाका लागि जहिले संघर्ष गर्ने देउवाले बताए। प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता नेपाली कांग्रेसले नगर्ने उनले बताए।
पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देशमा जारी राजनीतिक संकटको समाधान गर्ने जिम्मा अब नेपाली कांग्रेसको काँधमा आएको बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
प्रतिक्रिया