Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सरकारको नेतृत्व कांग्रेसले लिने बेला आयो: पूर्वराष्ट्रपति यादव

सरकारको नेतृत्व कांग्रेसले लिने बेला आयो: पूर्वराष्ट्रपति यादव

काठमाडौं - गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए ।


संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा। यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।


‘नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ’, यादवले भने, , ‘नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।’

राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताए ।

संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा। यादवको भनाइ छ ।

‘संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौं देशमा शान्ति आउँछ भनेको थिएँ,’ यादवले भने, ‘तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।’

संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो ।

सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गरेको भन्दै डा। यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताए ।

कार्यक्रममा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले सापकोटाले धार्मिक क्षेत्र तथा सामाजिक सङ्घसंस्थामा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताए ।

व्यक्तिले असल कार्य गर्दै समस्त कृतिलाई लिपिवद्ध गर्दै अघि बढे जीवन सरल र सफल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । इतिहास भनेको कतैबाट आउने नभई आफैंले कर्म गर्दैै जाँदा बन्नेसमेत उनले बताए ।

प्रतिक्रिया