Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देशलाई निकास दिन चुनावी सरकार बनाऔं: डा.कोइराला

देशलाई निकास दिन चुनावी सरकार बनाऔं: डा.कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई निकास दिन चुनावी सरकार बनाएर निर्वाचनमा जानु पर्ने बताएका छन् । अहिलेको अवस्थामा संसद् चलिरहन नसक्ने र देशलाई अनिर्णयको बन्दी बनाइराख्‍न नमिल्ने भएकाले निर्वाचनको विकल्प नरहेको बताए ।
 
शनिबार पोखरामा गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले आयोजना गरेको विचार गोष्ठीमा नेता डा.कोइरालाले मंसिरभित्र निर्वाचनको विकल्प नरहेको बताए । ‘मंसिर अथवा चैतभित्र निर्वाचनको विकल्प छैन, हामीले संसद् पुनस्थापना भयो भनेर भन्यौं तर अहिले संसदले बिजनेस पाउन सकेन,’उनले भने, ‘सभामुखले पनि राम्रो भुमिका खेल्न सक्नुभएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्‍यो ।’ अहिले जनताहरू राजनीतिक अन्यायमा परेको उनको टिप्पणी थियो । भने, ‘संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीतिक अन्याय भएको छ ।’
 
अहिले सबै दल मिलेर चुनावी सरकार बनाउनुपर्ने उनको धारणा थियो । कोइरालाले पार्टी नेतृत्व सरकारविरुद्ध खुलेर नबोल्नु दुःखद भएको टिप्पणी गरे । कांग्रेसलाई राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट नभएको उल्लेख गरे ।
 
पार्टीको महाधिवेशन भदौ ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए । पार्टी नेतृत्वप्रति समय खर्चेका कोइरालाले आफू सभापतिको दाबेदार भएको उल्लेख गरे । ‘म कसैमाथि अन्याय हुन दिन्‍नँ । कार्यकर्ताको क्षमता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु, अहिले सभापति बाहेक लड्दिनँ,’ कोइरालाले भने । 

प्रतिक्रिया