Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

देशलाई निकास दिन चुनावी सरकार बनाऔं: डा.कोइराला

देशलाई निकास दिन चुनावी सरकार बनाऔं: डा.कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई निकास दिन चुनावी सरकार बनाएर निर्वाचनमा जानु पर्ने बताएका छन् । अहिलेको अवस्थामा संसद् चलिरहन नसक्ने र देशलाई अनिर्णयको बन्दी बनाइराख्‍न नमिल्ने भएकाले निर्वाचनको विकल्प नरहेको बताए ।
 
शनिबार पोखरामा गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले आयोजना गरेको विचार गोष्ठीमा नेता डा.कोइरालाले मंसिरभित्र निर्वाचनको विकल्प नरहेको बताए । ‘मंसिर अथवा चैतभित्र निर्वाचनको विकल्प छैन, हामीले संसद् पुनस्थापना भयो भनेर भन्यौं तर अहिले संसदले बिजनेस पाउन सकेन,’उनले भने, ‘सभामुखले पनि राम्रो भुमिका खेल्न सक्नुभएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा पर्‍यो ।’ अहिले जनताहरू राजनीतिक अन्यायमा परेको उनको टिप्पणी थियो । भने, ‘संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीतिक अन्याय भएको छ ।’
 
अहिले सबै दल मिलेर चुनावी सरकार बनाउनुपर्ने उनको धारणा थियो । कोइरालाले पार्टी नेतृत्व सरकारविरुद्ध खुलेर नबोल्नु दुःखद भएको टिप्पणी गरे । कांग्रेसलाई राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट नभएको उल्लेख गरे ।
 
पार्टीको महाधिवेशन भदौ ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए । पार्टी नेतृत्वप्रति समय खर्चेका कोइरालाले आफू सभापतिको दाबेदार भएको उल्लेख गरे । ‘म कसैमाथि अन्याय हुन दिन्‍नँ । कार्यकर्ताको क्षमता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु, अहिले सभापति बाहेक लड्दिनँ,’ कोइरालाले भने । 

प्रतिक्रिया