Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एमाले फुट्न नदिन कार्यकर्ताले दबाब बढाऔँ : वामदेव गौतम

एमाले फुट्न नदिन कार्यकर्ताले दबाब बढाऔँ : वामदेव गौतम

काठमाडौं - नेकपा (एमाले)का नेता वामदेव गौतमले पार्टी आन्दोलनलाई विभक्त हुन नदिन कार्यकर्ताको दबाब अपुग भएको निष्कर्ष निकालेका छन् ।

एकता अभियानसँग आबद्ध नेता–कार्यकर्ताहरूसँग शनिबार गरेको भेटघाट, छलफलमा एमालेका निवर्तमान उपाध्यक्षसमेत रहेका गौतमले यस्तो बताएका छन् ।

“एकताबद्ध एमाले नै आजको आवश्यकता हो । नेतृत्व तहमा विवाद, विमति बढेका बेला जनस्तर (कार्यकर्ता तहबाट) एकताको पहल हुनुपर्छ,” गौतमको भनाइ उद्धृत गर्दै अभियानका नेता बाबुराम थापाले  भने, “त्यसका लागि एकता अभियानलाई अझ प्रभावकारी, सशक्त बनाउन जरुरी छ ।”

पार्टी अन्तरसंघर्ष चुलिएका बेला सक्रिय देखिएका गौतम अहिले कतै खुलेका छैनन् । नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणको अभियान चलाइरहँदा गौतम अलग्गै अभियान लिएर आधारभूत तहसम्म जाने निचोडमा पुगेका छन् । यसले पार्टी आन्दोलनको रक्षा गर्ने वामदेवको बुझाइ रहेको थापा बताउँछन् ।

गौतमले गएको माघ १४ गते अभियानको घोषणा गरेका थिए । त्यति बेला नेकपाको विवाद उत्कर्षमा थियो । फागुन २३ गतेको फैसलापछि एमाले एकताबद्ध रहोस् भनेर अभियान जारी राखिएको र ३१ बढी जिल्लामा विस्तार भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया