Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रदेश २ : प्रदेशसभामा सरकारविरुद्ध सांसदहरूको आक्रोश

प्रदेश २ : प्रदेशसभामा सरकारविरुद्ध सांसदहरूको आक्रोश

काठमाडौँ - लामो समयपछि प्रदेश २ को प्रदेशसभाको पाँचौं अधिवेशन सुरु भएको छ । दुई बैठकबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण सोमबारदेखि प्रदेशसभा बैठक सुरु भएको हो ।

गत कात्तिक ३ गतेको बैठकपछि स्थगित गरिएको प्रदेश २ को प्रदेशसभा बैठक पाँच महिना चार दिनपछि बसेको हो । 

बैठकको सुरुवात गर्दै सभामुख सरोज कुमार यादवले ६ वटा विधेयक प्रमाणीकरण भएको जानकारी दिए । उनकाअनुसार प्रदेश अनुसन्धान ब्युरो २०७७, प्रदेश दुग्ध विकास बोर्ड, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, वन विधेयक, प्रदेश उद्योग विधेयक र बालबालिकाको हक अधिकार स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक २०७७ प्रमाणीकरण भएका छन् ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आउँदै गरेको नयाँ वर्ष २०७८ र मुस्लिम धर्मालम्बीहरूको रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गरे । 

माधव कुमार नेपाल र झलनाथ खनाल पक्षबाट संसदीय दलको नेता बनेका शत्रुधन महतोले कोरोना महामारी पुनः बढ्न सक्ने भएकाले सरकारले आवश्यक तयारी थाल्नुपर्ने बताए । उनले लामो सयमपछि प्रदेशसभा बोलाएको भन्दै असन्तुष्टि जनाए ।

उनले प्रदेश सरकार गैरजिम्मेवार भएको बनेको भन्दै स्थायी राजधानी र प्रदेशको नामको चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिए । 

प्रदेशसभा सदस्य शिव चन्द्र चौधरीले सरकारले योजना बनाएपनि कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताए । उनले सातै प्रदेशभन्दा पदेश २ कमजोर र पछाडि परिरहेको बताए ।

यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादवले संघीय प्रतिनिधिसभा विघटनको घटना हुँदासमेत प्रदेशसभा बैठक नबलोइएको भन्दै आक्रोश पोखे । उनले प्रदेश अन्याय, अत्याचारमा एक नम्बर बनेको भन्दै कटाक्छ गरे । 

प्रदेशसभाको अर्को बैठक वैशाख १० गते बस्ने छ ।

प्रतिक्रिया