Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देशमा सुरक्षा अवस्था सुदृढ भयोः गृहमन्त्री थापा

देशमा सुरक्षा अवस्था सुदृढ भयोः गृहमन्त्री थापा

काठमाडौँ- प्रशासनिक कारबाही र राजनीतिक संवादको नीतिले देशमा सुरक्षाको अवस्था सुदृढ बनेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री थापाले आफूहरुको नीतिले देशमा सुरक्षा अवस्था सुध्रेको र विप्लव, सीके राउत मुलधारमा आएको बताए ।

‘हामीले प्रशासनिक कारवाही र राजनीतिक संवादको नीतिले अघि बढेकैले गर्दा विप्लव, सीके राउत मूलधारमा आउनुभयो,’ मन्त्री थापाले भने । सुरक्षा दृष्टिकोणले खतरा पैदा गर्न सक्ने कुनै तत्वलाई पहिला प्रशासनिक कारबाहीले रक्षात्मक अवस्थामा पुर्‍याएपछि वार्ताबाट समाधान गरिनुपर्ने उनको तर्क थियो ।

अझै पनि केही राजनीतिक दलबाट सुरक्षा खतरा हुन सक्ने र त्यसलाई पनि प्रशासनिक कारवाहीकै माध्यमबाट राकिनुपर्ने मन्त्री थापाले बताए । कुन राजनीतिक दलबाट सुरक्षा खतरा हो भन्नेबारे मन्त्री थापाले खुलाएनन् । अबको नीति पनि राजनीतिक खतरालाई मध्यनजर राखेर नै बनाइनुपर्ने उनको सुझाव थियो । जातीय र धार्मिक क्षेत्रमा असुरक्षाको खतरा रहेकाले प्रहरी प्रशासन चनाखो बन्नुपर्ने थापाले बताए ।

अझै पनि केही कमिकमजोरी रहेको र त्यसलाई निर्ममतापूर्वक सच्याउन प्रहरी प्रशासन लाग्न उनले निर्देशन दिए । प्रहरी ऐन ल्याएपनि संघको ढिलासुस्तीका कारण लागू गर्न नसकिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रदेश छुट्टै प्रशासन भइसक्दा पनि प्रहरी पाउन नसक्दा नीतिगत अन्योलता बढेको गुरुङको टिप्पणी थियो । गुरुङले प्रहरी समायोजन ऐन यथाशक्य छिटो जारी गरिनुपर्ने उनको माग थियो । सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका सुरक्षा निकायका प्रमुखले सुरक्षा चुनौतीबारे बताएका थिए ।

प्रतिक्रिया