ताजा अपडेट
गोसाईकुण्ड जाने केबलकार निर्माण छिट्टै हुन्छ :वनमन्त्री आले
काठमाडौँ - वनमन्त्री प्रेम बहादुर आलेले गोसाईकुण्ड जाने केबलकारको छिट्टै थालनी हुने बताउनु भएको छ ।
धुन्चेमा बुधबार आयोजित भलिबल तथा फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।nमन्त्री आलेले गोसाँईकुण्डमा निर्माण हुने केबलकारले आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि भई हुने उल्लेख गर्नुभयो ।
धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकारको दूरी ११ किलोमिटर रहनेछ । दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ । ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।
गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाइँकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ। केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया