Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

बागमती प्रदेश सभा बैठक लगातार चौथोपटक अवरुद्ध

बागमती प्रदेश सभा बैठक लगातार चौथोपटक अवरुद्ध

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार चौथोपटक बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि बिहीबार बोलाइएको बैठक माओवादी केन्द्रले अघि बढ्न नदिएको हो । यससँगै माओवादी केन्द्रले लगातार चौथोपटक बैठक अवरुद्ध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै लगातार संसद् अवरुद्ध गरेको हो ।

माओवादी केन्द्रले आर्थिक वर्षको अन्त्यमा आफूखुसी वितरण गरिएको योजनाको विषयमा संसदमा जानकारी गराउनुपर्नेलगायतको मागसमेत राखेको छ । प्रमुख प्रतिपक्षी दलले उठाएको तीनवटा विषयमा नेपाली कांग्रेस र दलहरूले समेत सहमति जनाइरहेका छन् । ‘संसदमा हामीले उठाएका जायज मागको विषयमा प्रदेश सरकारले सम्बोधन गर्नुपर्छ, त्यसपछि मात्रै बैठक सञ्चालन हुन्छ,’ प्रमुख प्रतिपक्षी नेपाली माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले बैठकमा भने । उनले विद्युतीय बसका लागि पूर्वाधार नै तयार नभई टेन्डर आह्वान भएको दाबी गरे ।

‘कम्तीमा चार्जिङ स्टेसन स्थापना गरेर प्रक्रिया अघि बढाएको भए हामी विश्वास गर्न सक्थ्यौँ । विद्युतीय बसको काम गर्ने भनेर एउटा बोर्ड गठन गर्नुबाहेक अरू काम सरकारले गर्न सकेको छैन । यो पनि संघीय सरकारले ल्याएको रेलकै हालतमा पुग्छ,’ जम्कट्टेलले भने । माओवादीका प्रमुख सचेतक बुद्धिमान माझीले वर्तमान सरकार राज्यको स्रोत साधनको दुरुपयोग गर्ने बाटोमा अगाडि बढेको बताए । ‘सरकार संसदमा जिम्मेवार ढंगबाट प्रस्तुत भएन । भन्ने वेलामा सहमति, सहकार्य र एकता भन्ने व्यवहारमा एकलौटी रूपमा सरकार अगाडि बढिरहेको छ,’ उनले भने ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकार एकपक्षीय रूपमा अघि बढ्न खोजेको भन्दै सहमतिको आधारमा चल्न सुझाब दिए । सरकार र सत्ता पक्षकाहरू आर्थिक आर्जनमा लागेको आरोप लगाउँदै बानिया“ले सरकारको प्राथमिकता र जनताका लागि सरकारले गर्ने कामको विषयमा स्पष्ट हुन जरुरी रहेको दाबी गरे । ‘सरकारले विद्युतीय बस किन्ने र चलाउने विषय प्राथमिकतामा राख्नुहुँदैन । बस किन्ने सरकारको प्राथमिकता हुनुहुँदैन,’ उनले भने । 

मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक नियम र कार्यविधि निर्माण गरिएको र आवश्यक पूर्वाधार छिट्टै बन्ने जानकारी दिए । फाउन्डेसनलाई दिइएको रकमबारे विवाद गर्न नपर्ने मन्त्री फुँयालले अडान लिए ।

बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया