Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एमाले सांसदले ‘फ्लोर क्रस’ गर्दा जोगियो कर्णाली प्रदेश सरकार

एमाले सांसदले ‘फ्लोर क्रस’ गर्दा जोगियो कर्णाली प्रदेश सरकार

काठमाडौँ– कर्णाली प्रदेश सरकारले विश्वासको मत पाएको छ । एमालेले दिएको समर्थन फिर्ता लिएर अल्पमतमा परेको कर्णाली प्रदेश सरकारले आज विश्वासको मत लिएको थियो ।

एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो । मुख्यमन्त्रीका पक्षमा २२ मत परेको छ । आजको प्रदेशसभाको बैठकमा ३७ जना सांसदहरू सहभागी भएका थिए ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक थियो ।

नेकपा एमालेले आफ्ना सांसदहरूलाई अविश्वासको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो । तर, पार्टीको ह्वीप उल्लंघन गर्दै एमालेका चार सांसदले विश्वासको मत दिए माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

कर्णालीमा नेकपा एमालेका माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएको बुझिएको छ ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । एमालेका १९ जना ९सभामुख बाहेक० सांसद् छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

प्रतिक्रिया