Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एमाले सांसदले ‘फ्लोर क्रस’ गर्दा जोगियो कर्णाली प्रदेश सरकार

एमाले सांसदले ‘फ्लोर क्रस’ गर्दा जोगियो कर्णाली प्रदेश सरकार

काठमाडौँ– कर्णाली प्रदेश सरकारले विश्वासको मत पाएको छ । एमालेले दिएको समर्थन फिर्ता लिएर अल्पमतमा परेको कर्णाली प्रदेश सरकारले आज विश्वासको मत लिएको थियो ।

एमालेका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो । मुख्यमन्त्रीका पक्षमा २२ मत परेको छ । आजको प्रदेशसभाको बैठकमा ३७ जना सांसदहरू सहभागी भएका थिए ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक थियो ।

नेकपा एमालेले आफ्ना सांसदहरूलाई अविश्वासको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो । तर, पार्टीको ह्वीप उल्लंघन गर्दै एमालेका चार सांसदले विश्वासको मत दिए माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

कर्णालीमा नेकपा एमालेका माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएको बुझिएको छ ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । एमालेका १९ जना ९सभामुख बाहेक० सांसद् छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

प्रतिक्रिया