ताजा अपडेट
एमाले कर्णाली प्रदेश: ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस
काठमाडौँ – फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमालेको कर्णाली प्रदेशले सिफारिस गरेको छ ।
सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए ।
विधानअनुसार कारबाहीको सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय भएको इञ्चार्ज कणेलले बताए । उनले भने, ‘पार्टी विधानविपरित जाने चार जना सांसदलाई विधानअनुसार नै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका छौं ।’
उनले भने, ‘उहाँहरु एमाले नै रहनुभएन । एमाले नभएपछि त सदस्य रहने भन्ने कुरा भएन ।’
उनले विधानअनुसार प्रदेशले केन्द्रलाई सिफारिस गर्नसक्ने व्यवस्था रहेको र त्यहीअनुसार कारबाहीका लागि सिफारिस गरिएको हो ।
अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका माधव नेपाल पक्षका चार सांसदले आज विश्वासको मत दिएर पद जोगाइ दिएका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया