ताजा अपडेट
सुदूरपश्चिम प्रदेश : ओली पक्षको अनुपस्थितिमा एमाले संसदीय दलको विधान पारित
कैलाली - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक ले विधान पास गरेको छ । विधान पास गर्दा केपी ओली पक्षका सांसदहरुको उपस्थिति थिएन । खनाल–नेपाल पक्षका २० सांसदहरुको उपस्थितिमा नेकपा एमाले संसदीय दलको कार्यालयमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७८’ पास गरिएको हो ।
नेकपा एमालेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रस्तुत गरेको सो विधानलाई नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले दिएको सुझावसहित पास गरिएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए । विधानसँगै सुदूरपश्चिममा बढदै गरेको कोरोना रोकथाम र उपायका बारेमा समेत छलफल गरिएको प्रदेशसभा सदस्य दीर्घ सोडारीले बताए ।
यता केपी पक्षका सांसदहरुले भने आफूहरुलाई जानकारी नै नदिइ एकलौटी रुपमा विधान पास गर्नु गलत भएको बताएका छन् । ओली पक्षका सांसद एवम् जिल्ला अध्यक्ष रतन थापाले विधान पास गरेको प्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘हामीहरूको उपस्थितिबिना पास गरिएको विधानको कुनै औचित्य छैन ।’ ओली पक्षका सांसद पठान सिह बोहोराले यो अनुशासनविपरित काम भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारमा केपी पक्षका ५ जना सांसद छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया