Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिम प्रदेश : ओली पक्षको अनुपस्थितिमा एमाले संसदीय दलको विधान पारित

सुदूरपश्चिम प्रदेश : ओली पक्षको अनुपस्थितिमा एमाले संसदीय दलको विधान पारित

कैलाली - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक ले विधान पास गरेको छ । विधान पास गर्दा केपी ओली पक्षका सांसदहरुको उपस्थिति थिएन । खनाल–नेपाल पक्षका २० सांसदहरुको उपस्थितिमा नेकपा एमाले संसदीय दलको कार्यालयमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७८’ पास गरिएको हो ।

नेकपा एमालेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रस्तुत गरेको सो विधानलाई नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले दिएको सुझावसहित पास गरिएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले  जानकारी दिए । विधानसँगै सुदूरपश्चिममा बढदै गरेको कोरोना रोकथाम र उपायका बारेमा समेत छलफल गरिएको प्रदेशसभा सदस्य दीर्घ सोडारीले बताए ।

यता केपी पक्षका सांसदहरुले भने आफूहरुलाई जानकारी नै नदिइ एकलौटी रुपमा विधान पास गर्नु गलत भएको बताएका छन् । ओली पक्षका सांसद एवम् जिल्ला अध्यक्ष रतन थापाले विधान पास गरेको प्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘हामीहरूको उपस्थितिबिना पास गरिएको विधानको कुनै औचित्य छैन ।’ ओली पक्षका सांसद पठान सिह बोहोराले यो अनुशासनविपरित काम भएको बताए ।  सुदूरपश्चिम प्रदेश सरकारमा केपी पक्षका ५ जना सांसद छन् ।

प्रतिक्रिया