Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रधानमन्त्री कम्युनिस्ट पार्टीलाई बदनाम गर्न लाग्नुभयो: माधव नेपाल

प्रधानमन्त्री कम्युनिस्ट पार्टीलाई बदनाम गर्न लाग्नुभयो: माधव नेपाल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली नै कम्युनिस्ट पार्टीलाई बद्नाम गर्न  लागिपरेको बताएका छन्।

शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्रीको गलत र व्यक्तिवादी चरित्र हाबी हुँदै गएको बताउँदै त्यसको असरले कम्युनिस्ट पार्टीनै बद्नाम भएको बताएका हुन्।

झापाको विर्तामोडमा भएको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लडाइँमा लागेर कम्युनिस्ट आन्दोलन नै समाप्त पार्न खोजेको आरोप लगाएका हुन्। उनले ओलीको त्यो सपना पूरा नहुने दाबीसमेत गरेका छन्। 

‘कम्युनिस्टको आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्न कम्युनिस्टको उर्बर भूमी झापा आएको छु’, नेता नेपालले भने, ‘प्रधानमन्त्री ओलीको हठ र हुकुमी शासनका कारण कम्युनिस्ट पार्टीनै रमिते बताएका छन्।’

भेलालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव घनश्याम भुसालले ओलीले राष्ट्रवादका नाममा जनतामा भ्रम फैलाएको आरोप लगाए। ‘केपी ओलीले  सत्ताका लागि हुइया फैलाएर रातारात खोक्रो राष्ट्रवाद देखाएको प्रष्ट भएको छ’, भुसालले भने, ‘राष्ट्रवादी नेता’ भएर एकाएक चर्चामा आएर झुट र भ्रम जनतालाई फिजाएको अब खुल्दै छ।’

भेलामा पार्टीका १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्य ,केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, रबीन कोइराला ,नरेश खरेल लगायतका जिल्ला,क्षेत्र र गाउँ नगरका सबै तह र तप्काका कार्यकर्ता उपस्थिति भएका थिए। भेलाले ३ सय ५१ सदस्य जिल्ला समितिसमेत गठन गरेको छ।  

प्रतिक्रिया