ताजा अपडेट
प्रधानमन्त्री कम्युनिस्ट पार्टीलाई बदनाम गर्न लाग्नुभयो: माधव नेपाल
काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली नै कम्युनिस्ट पार्टीलाई बद्नाम गर्न लागिपरेको बताएका छन्।
शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्रीको गलत र व्यक्तिवादी चरित्र हाबी हुँदै गएको बताउँदै त्यसको असरले कम्युनिस्ट पार्टीनै बद्नाम भएको बताएका हुन्।
झापाको विर्तामोडमा भएको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लडाइँमा लागेर कम्युनिस्ट आन्दोलन नै समाप्त पार्न खोजेको आरोप लगाएका हुन्। उनले ओलीको त्यो सपना पूरा नहुने दाबीसमेत गरेका छन्।
‘कम्युनिस्टको आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्न कम्युनिस्टको उर्बर भूमी झापा आएको छु’, नेता नेपालले भने, ‘प्रधानमन्त्री ओलीको हठ र हुकुमी शासनका कारण कम्युनिस्ट पार्टीनै रमिते बताएका छन्।’
भेलालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव घनश्याम भुसालले ओलीले राष्ट्रवादका नाममा जनतामा भ्रम फैलाएको आरोप लगाए। ‘केपी ओलीले सत्ताका लागि हुइया फैलाएर रातारात खोक्रो राष्ट्रवाद देखाएको प्रष्ट भएको छ’, भुसालले भने, ‘राष्ट्रवादी नेता’ भएर एकाएक चर्चामा आएर झुट र भ्रम जनतालाई फिजाएको अब खुल्दै छ।’
भेलामा पार्टीका १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्य ,केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, रबीन कोइराला ,नरेश खरेल लगायतका जिल्ला,क्षेत्र र गाउँ नगरका सबै तह र तप्काका कार्यकर्ता उपस्थिति भएका थिए। भेलाले ३ सय ५१ सदस्य जिल्ला समितिसमेत गठन गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया