Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

रघुजी पन्त : ‘केपी ओली सच्चिएनन्, अब पार्टी एक नहुने भो’

रघुजी पन्त : ‘केपी ओली सच्चिएनन्, अब पार्टी एक नहुने भो’

काठमाडौँ - नेकपा एमाले माधवकुमार नेपाल(झलनाथ खनाल समूहले युवा संघको कास्की र पोखरा महानगरमा समानान्तर कमिटी बनाएको छ ।

पोखरामा शनिबार भएको युवाहरुको भेलाले १ सय १ सदस्यीय कास्की र पोखरा महानगर कमिटी गठन गरेको हो । आसिम गुरुङको अध्यक्षतामा युवा संघ कास्की कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा महेन्द्र कुँवर र नवराज देवकोटा छन् ।

सूर्यप्रकाश ढुंगाना सचिव, साजन तामाङ, सन्देश गर्बुजा, किशोर तिमिल्सिनालाई सहसचिवको जिम्मेवारी दिइएको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले जानकारी दिए । कोषाध्यक्षमा विश्व सुवेदी चयन भएका छन् ।

भेलाले सुमन ढुंगानाको अध्यक्षतामा १ सय १ सदस्यीय नै पोखरा महानगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष प्रहृलाद लामिछाने, दुर्गा थपलिया र शालिक बराल छन् । सचिवमा उज्ज्वल बस्नेत, सहसचिवमा हेमराज बराल, शशांक गौतम र रञ्चित गुरुङ छन् भने कोषाध्यक्ष रोशन थुलुङ राई चयन भएका छन् ।

नेपाल समूहका कास्की अध्यक्ष धनराज आचार्यले कमिटीको घोषणा गरेका थिए । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ खुवाए ।

सपथ खुवाएपछि नेता पन्तले देशैभरि केपी शर्मा ओली प्रवृतिलाई अन्त्य गर्न लडाईं चलिरहेको बताए । महाधिवेशनबाट निर्वाचित पदाधिकारी नै खारेज गर्ने ओलीको फागुन २८ गते निर्णय नसच्चिएसम्म कुनै पनि हालतमा पार्टी एक हुन नसक्ने पन्तले बताए । ‘ओलीलाई हामीले भनिरहेका छौं, फागुन २८ को निर्णयबाट ब्याक हुनुस् र सच्चिनुस् । जबसम्म निर्णय सच्चिन्न, तबसम्म आत्मसमर्पण गर्दैनौं’ पन्तले भने, ‘ओली सच्चिएनन्, पार्टी एक नहुने भो । ‘

फागुन २८ को निर्णय सच्याउने हो भने पार्टीमा खुला छलफल गरेर अगाडि बढ्न सकिने पन्तले बताए । आफूहरुले नभइ ओलीले एमालेमा समान्तर कमिटी बनाएको पन्तको दाबी थियो । ‘सर्वोच्चले ०७५ जेठ २ कै अवस्थामा पार्टीलाई फर्काइदिए पछि केन्द्रदेखि तलसम्म त्यही कमिटी हुनुपर्ने होइन रु तर, ओलीले विधिविधान मिचेर सबै नेता कार्यकर्ता हटाउँदै, कारबाही गर्दै जानुपर्ने कारण के थियो रु’ पन्तले भनिन्, ‘के एमाले नेता कार्यकर्ताले अपराध गरेका थिए । ओली नसच्चिएसम्म अब पार्टी एक हुन नसक्ने स्थिति आयो ।’

ओली प्रवृतिसँग लड्न सर्वसत्तावादलाई हटाउने गरी युवाहरुले लड्नुपर्ने पन्तको भनाइ थियो । पन्तले युवाहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउँदै हरेक ठाउँमा प्रश्न गर्न आग्रह गरे ।

भेलामा बोल्ने एमाले तथा युवा संघका नेताले अब ओलीको सर्वसत्तावाद धेरै समय नटिक्ने बताएका थिए । एमाले केन्द्रीय सदस्य दिलु पन्तले पार्टीभित्रको अपमान सहन नसकेर विद्रोह गर्ने तहसम्म नेताहरु आइपुगेको बताइन् । ७७ जिल्लामै युवा संघ गठन हुने र पार्टीभित्रको अतिवादविरुद्ध लड्ने उनको भनाइ थियो ।

एमाले बागलुङका अध्यक्ष तथा प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले ओलीकै कारण बलियो पार्टी आज कमजोर र विभाजित बनिरहेको बताए । ओली नसच्चिएसम्म पार्टीभित्र विद्रोह नरोकिने र युवाहरुले सत्य, न्यायको पक्षमा लड्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

भेलामा एमाले केन्द्रीय सदस्य श्रीनाथ बराल, एमाले निर्वाचन आयोग सदस्य विजयबाबु वनवासी, पृथ्वीनारायण क्याम्वसका पूर्व स्ववियु सभापति सोभियत ढकाललगायतले ओलीको सर्वसत्तावाद अब धेरै दिन नटिक्ने दाबी गरे ।

नेता माधवकुमार नेपालले चैत १९ गते कास्कीमा धनराज आचार्यको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेका थिए । चैत २५ गते १ सय ४९ सदस्यीय कमिटीलाई केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सपथ खुवाएका थिए ।

प्रतिक्रिया