Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न प्रचण्डको घोषणा

कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न प्रचण्डको घोषणा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताएका छन्।

प्रचण्डले आफूहरु अहिले सरकार गठन र पुनर्गठनको एउटा ठूलो प्रक्रियामा रहेको हुँदा अहिले आफू अत्यन्त व्यस्त रहेको उनको भनाइ छ।

‘कर्णालीमा के समस्या थियो र हिजो कहाँ गएर टुंगियो यहाँहरुले थाहा पाइसक्नुभएको छ, अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएको छ र बहुमतले सरकार परिवर्तनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित प्रस्ताव प्रदेश सभामा दर्ता भइसकेको छ, हामीले समर्थन फिर्ता पनि लिइसकेको छौं,’ शनिबार शैक्षिक अभियानसम्बन्धी काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने।

उनले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइ नै सकेको जानकारी दिए।

‘अर्कोतर्फ केन्द्रमा यो अन्यौल र अराजकताको स्थिति अन्त्य गर्नका लागि हामी केन्द्रीय स्तरमा पनि लगातार पहल गरेका छौं,’ उनले सो कार्यक्रममा भने, ‘अहिले म यो मिटिङबाट सिधै त्यहि प्रक्रियामा सामेल हुन जाँदैछु।’

सरकार गठन पुनर्गठनसम्बन्धी प्रक्रिया तथा वार्ताहरुमा आफू निकै व्यस्त रहेका कारण आफूले सो कार्यक्रममा धेरै समय दिन नसकेको भनी संक्षिप्त कुरा राखेर प्रचण्ड बिदा भएका थिए। तर, त्यसपछि कहाँ कोसँग बैठक वार्ता रहेको भन्ने भने उनले सो सार्वजनिक कार्यक्रममा बताएनन्।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिने प्रस्तावमा बहुमत प्राप्त गरेका थिए।

माओवादी मुख्यमन्त्री शाहीलाई कांग्रेस र नेकपा–एमालेको माधवकुमार नेपाल पक्षले मत दिएपछि उनको मुख्यमन्त्री पद सुरक्षित भएको हो।

उनको विपक्षमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्षले मत दिएको थियो।

प्रतिक्रिया