Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न प्रचण्डको घोषणा

कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न प्रचण्डको घोषणा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताएका छन्।

प्रचण्डले आफूहरु अहिले सरकार गठन र पुनर्गठनको एउटा ठूलो प्रक्रियामा रहेको हुँदा अहिले आफू अत्यन्त व्यस्त रहेको उनको भनाइ छ।

‘कर्णालीमा के समस्या थियो र हिजो कहाँ गएर टुंगियो यहाँहरुले थाहा पाइसक्नुभएको छ, अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएको छ र बहुमतले सरकार परिवर्तनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित प्रस्ताव प्रदेश सभामा दर्ता भइसकेको छ, हामीले समर्थन फिर्ता पनि लिइसकेको छौं,’ शनिबार शैक्षिक अभियानसम्बन्धी काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने।

उनले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइ नै सकेको जानकारी दिए।

‘अर्कोतर्फ केन्द्रमा यो अन्यौल र अराजकताको स्थिति अन्त्य गर्नका लागि हामी केन्द्रीय स्तरमा पनि लगातार पहल गरेका छौं,’ उनले सो कार्यक्रममा भने, ‘अहिले म यो मिटिङबाट सिधै त्यहि प्रक्रियामा सामेल हुन जाँदैछु।’

सरकार गठन पुनर्गठनसम्बन्धी प्रक्रिया तथा वार्ताहरुमा आफू निकै व्यस्त रहेका कारण आफूले सो कार्यक्रममा धेरै समय दिन नसकेको भनी संक्षिप्त कुरा राखेर प्रचण्ड बिदा भएका थिए। तर, त्यसपछि कहाँ कोसँग बैठक वार्ता रहेको भन्ने भने उनले सो सार्वजनिक कार्यक्रममा बताएनन्।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिने प्रस्तावमा बहुमत प्राप्त गरेका थिए।

माओवादी मुख्यमन्त्री शाहीलाई कांग्रेस र नेकपा–एमालेको माधवकुमार नेपाल पक्षले मत दिएपछि उनको मुख्यमन्त्री पद सुरक्षित भएको हो।

उनको विपक्षमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पक्षले मत दिएको थियो।

प्रतिक्रिया