ताजा अपडेट
गृहमन्त्रीमा पुन: नियुक्त भएका थापाले लिए सपथ
काठमाडौँ – गृहमन्त्रीमा पुनस् नियुक्त भएका रामबहादुर थापाले सपथ लिएका छन् ।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा बादललाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।
सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएनन् ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थापा एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान उनको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।
उनलाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनस् गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
सपथ लिन बादल नेपाली पोशाक दौरासुरुवालमा उपस्थित भएका थिए । यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गरेका थिए ।
प्रतिक्रिया