Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

काँग्रेस क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने समय थपियो

काँग्रेस क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने समय थपियो

काठमाडौं- चैत मशान्तसम्म काँग्रेस क्रियाशील सदस्यहरुको विवरण पार्टीको वेबसाइटमा इन्द्री गरिसक्नुपर्ने यसअघिको निर्णय कार्यान्वयन नभएपछि इन्ट्रीका लागि समय अवधि थपिएको छ। सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले वैशाख १५ सम्म क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने समय अवधि तोकेको हो।

काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ पहिलो साता काठमाडौंमा गर्ने तयारी भइरहेको छ। तर, कार्यतालिका अनुसार काम नहुँदा भदौको महाधिवेशन प्रभावित हुने काँग्रेस वृत्तमा चर्चा छ। यद्यपी महाधिवेशन जसरी पनि भदौमा गर्नुपर्ने संवैधानिक बाध्यता छ।

सोमबारको बैठकले वैशाख १७ सम्म जिल्लाको निर्णयको माइन्युट केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका तोकिएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरुले यही वैशाख १२ गतेसम्म सदस्यता फार्म लिन पाउने भएका छन्। उनीहरुले वैशाख मशान्तसम्म क्रियाशील सदस्यता फार्म बुझाउनुपर्ने छ।

केन्द्रीय सदस्य पौडेलले सोमबारको बैठकमा क्रियाशील सदस्यतामात्र एजेण्डा रहेकाले अन्य विषयमा छलफल नभएको बताए। उनले भने, ‘सभापतिले आज क्रियाशील सदस्यताको विषयमात्र एजेण्डा हो, यसलाई टुंग्याउँ भन्नु भयो त्यतिमात्र भयो।’ उनले राजनीतिक विषयमा छलफल आगामी बैठकमा हुने बताए। तर अर्को बैठक कहिले बस्छ भन्ने टुंगो भने भएको छैन। सभापति देउवाले अर्को बैठक बुधबार बस्ने मौखिक जानकारी गराए पनि निर्णय भने नभएको पौडेलले बताए।

प्रतिक्रिया