Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

काँग्रेस क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने समय थपियो

काँग्रेस क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने समय थपियो

काठमाडौं- चैत मशान्तसम्म काँग्रेस क्रियाशील सदस्यहरुको विवरण पार्टीको वेबसाइटमा इन्द्री गरिसक्नुपर्ने यसअघिको निर्णय कार्यान्वयन नभएपछि इन्ट्रीका लागि समय अवधि थपिएको छ। सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले वैशाख १५ सम्म क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने समय अवधि तोकेको हो।

काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ पहिलो साता काठमाडौंमा गर्ने तयारी भइरहेको छ। तर, कार्यतालिका अनुसार काम नहुँदा भदौको महाधिवेशन प्रभावित हुने काँग्रेस वृत्तमा चर्चा छ। यद्यपी महाधिवेशन जसरी पनि भदौमा गर्नुपर्ने संवैधानिक बाध्यता छ।

सोमबारको बैठकले वैशाख १७ सम्म जिल्लाको निर्णयको माइन्युट केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका तोकिएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरुले यही वैशाख १२ गतेसम्म सदस्यता फार्म लिन पाउने भएका छन्। उनीहरुले वैशाख मशान्तसम्म क्रियाशील सदस्यता फार्म बुझाउनुपर्ने छ।

केन्द्रीय सदस्य पौडेलले सोमबारको बैठकमा क्रियाशील सदस्यतामात्र एजेण्डा रहेकाले अन्य विषयमा छलफल नभएको बताए। उनले भने, ‘सभापतिले आज क्रियाशील सदस्यताको विषयमात्र एजेण्डा हो, यसलाई टुंग्याउँ भन्नु भयो त्यतिमात्र भयो।’ उनले राजनीतिक विषयमा छलफल आगामी बैठकमा हुने बताए। तर अर्को बैठक कहिले बस्छ भन्ने टुंगो भने भएको छैन। सभापति देउवाले अर्को बैठक बुधबार बस्ने मौखिक जानकारी गराए पनि निर्णय भने नभएको पौडेलले बताए।

प्रतिक्रिया