Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

केपी ओली र माधव नेपालबीचको वार्ता सकियो, कार्यकर्तामा छायो उत्साह

केपी ओली र माधव नेपालबीचको वार्ता सकियो, कार्यकर्तामा छायो उत्साह

काठमाडौँ – विभाजनको औपचारिक घोषणा आज हुन्छ कि भोलि भन्नेतर्फ नेकपा एमाले अग्रसर भइरहेका बेला पार्टीका दुई शीर्ष नेताहरु सघन संवादमा जुटेका छन् ।

प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजधानीको एक होटेलमा भेटवार्ता भएको हो ।

आज (बुधबार) साँझ पौने ६ बजेदेखि चलेको वार्ता केहीबेरअघि सकिएको छ । बैठकस्थलबाट बाहिरिने क्रममा नेता नेपालले संवाददाताहरुसँग कुनै प्रतिक्रिया दिनुभएन । संवाददाताहरुको जिज्ञासामा उहाँले म केही बोल्दिनँ भन्ने जवाफ दिनुभयो ।

वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताउनुभयो । दुवै नेता प्रफुल्लित देखिएको उहाँले बताउनुभयो ।

पार्टीभित्र लामो शीतयुद्धपछि दुई शीर्ष नेताबीच संवादको चरण सुरु भएपछि एमालेको विभाजन रोकिने सम्भावना प्रवल बनेको छ ।

राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले विभाजन दुवै पक्षलाई आत्मघाती हुने कुरा ओली र नेपालले राम्रोसँग बुझिसकेको बताउनुभयो ।

दुई नेताको भेटपछि एमालेको विभाजन रोकिने कुरालाई अप्रत्याशित पनि भन्न नमिल्ने उहाँको जिकिर छ । केपी ओलीले तिता कुरा बिर्सेर अघि बढौँ भन्नेबित्तिकै एमाले एकतावद्ध हुने उहाँको विश्लेषण छ ।

एमाले अध्यक्ष ओलीले आज दिउँसो माधव समूहमा रहेका पूर्वमन्त्री योगेश भट्टराईलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको थियो । त्यस क्रममा भट्टराईले पार्टी एकताका लागि लचक भएर प्रस्तुत हुन ओलीलाई आग्रह गर्नुभएको थियो ।

भट्टराईको यस्तो आग्रहपछि उहाँकै अगाडि ओलीले माधवकुमार नेपाललाई फोन गरेर संवादका लागि प्रस्ताव गरेको र मेरियट होटेलमा भेटवार्ता हुने तय भएको हो ।

पार्टी एकता बचाउन ओली र नेपालबीच संवादको चरण सुरु हुनुलाई माधव समूहमा रहेका नेताहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । तर एकता कि विभाजन भन्ने कुरा भेटवार्तामा गरिएका प्रस्ताव र छलफलले निर्धारण गर्ने नेता रघुजी पन्तले बताउनुभयो ।

दुई नेताबीच वार्ता सुरु भएको समाचारले एमाले कार्यकर्ता पंक्तिमा पनि उत्साह देखिएको छ । सामाजिक संजालमार्फत एमाले कार्यकर्ताले मिल्नुको विकल्प नरहेकोले र वार्तालाई सकारात्मक दिशामा लैजान आग्रह गरिरहेका छन् ।

हिजो बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले वरिष्ठ नेता नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले पदबाट किन नहटाउने भन्दै भन्दै दुई दिनको अल्टिमेटमसहित स्पष्टीकरण सोधेको थियो । त्यसको भोलिपल्ट भएको अध्यक्ष र वरिष्ठ नेताबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

तर ओली समूहमा रहेका दोस्रो तहका नेताहरुले भने अब माधव नेपालहरुलाई पार्टीमा राखिरहन नहुने बताउँदै आएका छन् । पार्टीको संरचनालाई अन्तै बुझाउने षडयन्त्रमा लागेका माधव नेपालहरुलाई निलम्बनले मात्रै नपुग्ने ओली समूहका नेता कर्ण थापाको भनाइ छ ।

यसैबीच निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा ९एमाले०को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा निवेदन बुझाएको छ । खनाल–नेपाल पक्षले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाउँ भन्दै निवेदन दिएको हो ।

निवेदन ३ बजेपछि आएको र अध्ययनकै क्रममा रहेकाले दर्ता भने नभएको सर्वोच्च अदालतले बताएको छ । कर्णालीबाट सुरु भएको फ्लोर क्रस घटना केन्द्रमा पनि सर्न सक्ने भएकोले सम्भावित क्षति रोक्न ओलीले माधव समूहमा रहेका सांसदहरुलाई पदमुक्त गर्ने योजना बनाउनुभएको छ । -nepalinetwork

प्रतिक्रिया