Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एमालेका प्रमुख सचेतक भन्छन– ‘फ्लोर क्रस गर्ने सांसद निष्कासित हुन्छ’

एमालेका प्रमुख सचेतक भन्छन– ‘फ्लोर क्रस गर्ने सांसद निष्कासित हुन्छ’

काठमाडौं– नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन्।

प्रमुख सचेतक भट्टराईले सांसदहरुले स्पष्टीकरण बुझाउन थालेको र प्राप्त स्पष्टीकरणको विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताए । केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टीकरण पत्र पठाएको उनले जानकरी दिए।

पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्विप उलङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टीकरण सोधिएको भट्टराईले बताए।

प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीको ह्विप उलङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निष्कासन गर्ने बताए। 

एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने चार सांसदलाई स्पष्टीकरण सोधेको थियो । 

प्रतिक्रिया