Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ओलीको अहंकारले लोकतन्त्र र कम्युनिस्ट आन्दोलन धरापमा: माधव नेपाल

ओलीको अहंकारले लोकतन्त्र र कम्युनिस्ट आन्दोलन धरापमा: माधव नेपाल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गर्नु भएको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाले ओलीको अंहकार र दम्भका कारण लोकन्तन्त्र धरापमा परेको बताउनु भएको छ । ‘ओलीको दम्भ र अहंकार धरहरामाथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ,” उहाले भन्नु भयो, “लोकतन्त्र र कम्युनिस्ट आन्दोलन ओलीकै कारण धरापमा परेको हो ।”
ओलीले मनपरी गरेको भन्दै उहाले व्यक्तिवाद, गुटवाद, निरकुंश प्रवृत्ति र ओलीको दृष्टिकोणमा खोट रहेको आरोपसमेत लगाउनु भएको छ ।

ओलीलाई पटक–पटक ०७५ जेठ ३ गतेको निर्णयमा फर्कन आग्रह गरेको उहाले बताउनु भयो । ‘पार्टीभित्र ओली अल्पमतमा परेपछि सडकबाट मान्छे उठाएर सदस्य बनाइरहेका छन्,” उहाले भन्नु भयो, “ओलीलाई सुधार्न हामीले धेरै प्रयास गरेका छौँ । तर, उनको अहंकारले सुध्रिएलाजस्तो देखिन्न ।”

ओलीप्रति कटाक्ष गर्दै ‘बालुवाटारको बालुवामा तेल नरहेको’ समेत उहाले टिप्पणी गर्नु भएको छ । 
ओली पार्टीलाई बचाउने पक्षमा नरहेको उहाको भनाइ थियो । साथै ओलीले आफूलाई कारबाही गर्न नसक्ने उहाले उल्लेख गर्नु भएको छ । पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र कारबाही गर्न सकिन्छ भन्दै ओलीले गरेको कारबाही पार्टीको विधान विपरीत भएको नेता नेपाल भनाई छ ।
 

प्रतिक्रिया