Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एमालेको स्थायी कमिटीमा एक जना पनि महिला अटाउन सकेनन्

एमालेको स्थायी कमिटीमा एक जना पनि महिला अटाउन सकेनन्

काठमाडौं - नेकपा एमालेको नवगठित स्थायी कमिटी महिला विहीन भएको छ । साविक शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले तत्कालीन नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाएको हो ।

१९ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाले पनि अटाउन सकेनन् ।  साविकको एमालेको २२ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाको प्रतिनिधित्व थियो । २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्। शाक्य खनाल–नेपाल समूहमा लागेपछि ओली नेतृत्वको एमालेमा महिला प्रतिनिधित्व शुन्य हुन पुगेको छ ।

खनाल–नेपाल समूहलाई अलग राखेर गठन गरिएको स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा ९बादल०, विष्णु पौडेल टोपबहादुर रायमाझी, किरण गुरुङ, सुवास नेम्वाङ, शंकर पोखरेल, लेखराज भट्ट,प्रदीप ज्ञवाली, सत्यनारायण मण्डल, विष्णु रिमाल, मणि थापा, छबिलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पलाल कँडेल रहेका छन् ।

महिला प्रतिनिधित्वबारे बैठकमै कुरा उठेको प्रवक्ता प्रदीप ज्ञवालीले स्वीकारे । महिलाको प्रतिनिधित्वबारे पुनर्विचार गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया