Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्थानीय न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

स्थानीय न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले स्थानीय न्यायिक समितिलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयमा आज प्रदेश सरकारका कानूनका विषयमा स्थानीयस्तरमा न्याय सम्पादनमा प्रभावकारी नदेखिएकाले प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि आवश्यक निर्देशिका बनाउने विषयमा छलफल भएको हो ।

बैठकमा केही न्यायिक समितिले उदाहरणीय रुपमा काम गरेको भएता पनि धेरै न्यायिक समितिले प्रभावकारी ढङ्गले काम नगरेको कुरा उठेको थियो ।

स्थानीय तहमा अधिकृतस्तरको र कानून बुझेका कर्मचारी राख्ने विषयमा समेत छलफल भएको छ । यसअघि नासुस्तरका कर्मचारी राखेर काम गरिएको थियो । अब अधिकृतस्तरका कर्मचारी राखेर काम गर्ने तयारी भएको हो ।

मन्त्री श्रेष्ठले कानुनी अज्ञानताका कारण स्थानीय तहमा न्याय सम्पादनमा कठिनाइ आएको हुनाले कानून अधिकृत राख्दा प्रभावकारी हुने बताउनुभयो ।

बैठकमा असहाय, विपन्न नागरिकलाई निःशुल्क रुपमा कानुनी सहायता दिनका लागि ७७वटै परियोजना लागू गर्ने विषयमा छलफल भएको छ । उक्त परियोजनालाई आगामी बजेटमा सबै जिल्लामा पु¥याउने उद्देश्यका साथ छलफल भएको हो । यसअघि ४७ जिल्लामा मात्र निःशुल्क कानुनी सेवाको व्यवस्था रहेको थियो ।

प्रतिक्रिया