ताजा अपडेट
एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
जनकपुरबाट काठमाडौँ आउने वित्तिकै नेता नेपालले उपाध्यक्ष गौतमसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच पार्टी भित्रको आन्तरिक विवाद र आगामी योजनाका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटमा बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता गौतमबीच भएको ‘डिनर मिटिङ’माका विषयमा समेत कुराकानी भएको जनाइएको छ। डिनर मिटिङमा आफूले कुनै सहमति नजाएको नेता गौतमले नेता नेपाललाई बताएका थिए।
भेटमा गौतमले आफू एमालेको निर्वाचित उपाध्यक्ष रहेको भन्दै उपाध्यक्ष स्वतः स्थायी समितिमा हुने भन्दै शुक्रबार बनाइएको स्थायी समितिप्रति असहमति रहेको नेता नेपालाई बताएका छन् ।
जै नेकपा९एमाले० को महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव पक्षलाई नसमेटेरी ओलीले स्थायी कमिटी गठन गरेका थिए, जहाँ गौतमलाई भने समेटिएको छ ।
एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपाल र गौतमबीच भेटलाई भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया