ताजा अपडेट
कांग्रेसले वैशाख १३ गतेलाई बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ - नेपाली कांग्रेसले आगामी १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी १३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अबस्थासँगै कांग्रेसको आगामी महाविधेशनका विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले बैशाख १५ गतेसम्म ४ वटा जिल्लाबाहेकका अन्य सबै जिल्लाले क्रियाशिल सदस्यता नविकरण र वितरणको काम सक्न निर्देशन दिएको छ । १५ गतेपछि सदस्यता नवीकरणको सफ्टवेयर नै नचल्ने बनाएको कांग्रेसले जनाएको छ।
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ–नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ–नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया