Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव पेश गर्ने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज प्रदेश सभामा अविश्वास प्रस्ताव पेश गर्ने तयारी भएको छ ।
दलहरुले यसअघि नै संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव आज दिउसो २ बजे बोलाइएको विशेष अधिवेशनमा पेश गर्ने तयारी भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले आज अविश्वास प्रस्ताव पेश गर्ने निर्णय हिजो नै गरेको छ । बैठकमा आज मुख्यमन्त्री गुरुङसहित अन्य दलका नेता बोल्ने कार्यसूची पनि रहेको छ । त्यसपछि अविश्वास प्रस्तावमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । छलफल सकिएपछि प्रस्तावमाथि मतदान गर्ने कार्यसूची तयार पारिएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)  र जनता समाजवादी पार्टी (जसपा)का सांसदले २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यसमा राष्ट्रिय जनमोर्चाको पनि समर्थन रहेको छ । २८ जना प्रदेश सभा सदस्यको हस्ताक्षर रहेको अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।

जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले १ वैशाख राति नै प्रदेश सभाको अधिवेशन अन्त्य गर्नु भएको थियो ।

त्यसपछि तीनै दलले प्रदेश प्रमुख अमिक शेरचनसँग विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए । प्रदेश प्रमुख शेरचनले आज दिउसो २ बजे विशेष अधिवेशन बोलाउनु भएको हो ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । जसमा नेकपा (एमाले) का २८, कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद रहेका छन्। त्यस्तै, जनमोर्चाका ३ सांसद छन्।

प्रतिक्रिया