ताजा अपडेट
कांग्रेसले केन्द्रीय सदस्य र सहयोगीहरुको पीसीआर परीक्षण गर्दै
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक अघि आफ्ना केन्द्रीय पदाधिकारी, सदस्य र उनीहरुका सहयोगिको पीसीआर परीक्षण गर्दै छ ।
कोरोना महामारी अनिन्त्रित रुपमा फैलिएका बेला कांग्रेसले आज दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक दुई दिनपछि सारेर केन्द्रीय पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु तथा उनीहरुका सहयोगीको पीसीआर परीक्षण गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय विपी नगर सानेमा पीसीआर परीक्षण गरिँदैछ । “आज पीसीआर परीक्षण गरिँदैछ त्यसको रिपोर्ट भोलिसम्ममा आइसक्छ,” सहमहामन्त्री डा. प्रकाशशरण महतले भन्नु भयो, “त्यसपछि बुधबार केन्द्रीय समितिको बैठक बस्न लागेका छौं ।” उहाले केन्द्रीय समिति बैठक महाधिवेशनकै विषयमा केन्द्रीत हुने बताउनु भयो । कार्यतालिका अनुसार अघि बढ्नु चुनौतिपूर्ण रहेकोभन्दै सबैको समझदारीबाट अघि बढ्नु आवश्यक भएको उहाको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया