ताजा अपडेट
ओली त नक्कली एमाले हुन् सक्कली एमाले त हामी हौँः माधवकुमार नेपाल
काठमाडौँ - नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली एमाले भएको आरोप लगाएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित आफू पक्षीय कार्यकता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरू सक्कली एमाले भएको दाबी गरेका हुन् ।
‘केपी ओली कम्युनिष्ट आन्दोलन सिध्याएर, ध्वस्त पारेर कमिसनखोरी र भ्रष्टाचारीको संरक्षण गर्ने नक्कली एमाले हुन्,’ नेता नेपालले भने, ‘ओली जे मन लाग्यो त्यही गरिरहेका छन् ।’ उनले ओलीले पार्टीको विधि र विधान कुल्चेको पनि आरोप लगाए । नेपालले कोरोनाले देश आक्रान्त भइरहेको बेला ओली कुर्सी कसरी टिकाउन सकिन्छ भन्नेमा केन्द्रीत भएको पनि बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया