ताजा अपडेट
गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै
काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ । पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी भएको सचिवालयकी उप–सचिव सपना अधिकारीले जानकारी दिनुभयो । अस्ति गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अविश्वासको प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि छलफल सकेर मतदान गर्न लागिएको हो ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ । यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद् अन्त्य गर्न सिफारिस गरेका थिए । लगत्तै प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद् अन्त्य गर्नुभएको थियो ।
तर, प्रतिपक्षी दलहरूले निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले संसदको विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया