ताजा अपडेट
बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार हुँदै, आजै सपथ
काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेले बुधबार९आज० अपराह्न ४ बजे सपथको कार्यक्रम रहेको नेपाल लाइभलाई जानकारी दिए।
नयाँ मन्त्रीमा पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल र काभ्रेका सांसद चन्द्र लामाको सम्भावना बढी रहेको स्रोतको भनाइ छ।
मन्त्री कसलाई बनाउने भन्ने अधिकार मुख्यमन्त्री पौडेलको भएको प्रमुख सचेतक पाण्डेले बताए।
‘मन्त्री बनाउने अधिकार मुख्यमन्त्रीको हो। उहाँले नै कसलाई मन्त्री बनाउनेरु कुन मन्त्रालय दिने टुङ्गो लगाउनु हुन्छ’ पाण्डेले भने।
तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि खालिरहेको मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी पौडेलले गरेका हुन्।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटनमन्त्री अरुण नेपालले पुस १० गते सामूहिक राजीनामा दिएका थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया