ताजा अपडेट
जुम्ला सदरमुकामलाइ निषेधाज्ञा गरियो
सुर्खेत- जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ। सदरमुकामको मुख्य बजार क्षेत्रका केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको हो।
समुदायमा कोरोना संक्रमण फैलिन नदिन आज दिउँसो ३ बजेदेखि अनिश्चितका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस समुदायमा फैलिन नदिन चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँखु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको चार किल्ला क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जनाएका छन्।
तोकिएको क्षेत्रभित्र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सार्वजनिक गतिविधि बन्द गर्न प्रशासनले आग्रह गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया