Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०२ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

कोरोना सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया सफल

कोरोना सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया सफल

बाँके – ​कोहलपुरकाे शिक्षण अस्पतालमा भर्ना भएकी काेराेना सङ्क्रमित गर्भवती महिलाको शनिबार शल्यक्रिया सफल भएकाे छ ।

अस्पतालका सहनिर्देशक डाक्टर नितेश कनोडियाका अनुसार रुपन्देहीको सिद्धार्थनगरको भीम अस्पतालबाट शुक्रबार रेफर गरेर ल्याइएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया गर्भवती महिलाको शनिबार बिहान शल्यक्रिया गरिएको हो । आमा र नवजात शिशु दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रसूति विशेषज्ञहरू डा. कविता सिन्हा, डा. अमरेन्द्र कुशवाहा, बालरोग विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. रविन श्रेष्ठ, सहायक एनेस्थेसियोलोजिस्ट सङ्गीता गिरी, नर्सहरू सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार शल्यक्रियाबाट दुई किलो चार सय ग्रामको स्वस्थ शिशुको जन्म भएको छ ।  

चिकित्सक र स्वास्थ्यकर्मी कोरोना पोजेटिभ महिलाको उपचारमा उच्च मनोबलका साथ संलग्न भएको भन्दै बिरामीका आफन्तले धन्यवाद दिएका छन् । एक महिनाअघि मुम्बईबाट फर्किएर बुटवलको क्वरेण्टीनमा बसेकी महिलाको पीसीआर परीक्षण गर्दा जेठ ३० कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि  शिक्षण अस्पतालमा अछामको बयलपाटा अस्पतालबाट रेफर भइ आएकी कोरोना पोजिटिभ २५ वर्षीया गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको थियो । 

कोरोना पोजिटिभ बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वरेण्टीनमा राख्ने गरिएको छ । बाँकेमा अहिलेसम्म ९० जना चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई क्वरेण्टीनमा राखिएको छ । पटक-पटक अस्पतालका विभिन्न वार्ड एक दिनका लागि सिल भएका छन् ।  

प्रतिक्रिया