Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

कर्णाली राजमार्ग: सँधै सास्ती, ज्यान जाेखिममा राखेर यात्रा

कर्णाली राजमार्ग: सँधै सास्ती, ज्यान जाेखिममा राखेर यात्रा

सुर्खेत बराहताल गाउँपालिकाका दिलबहादुर शाहीले कर्णाली सडक हुँदै जुम्ला आउजाउ थालेको तीन बर्ष भयो। उनी दैनिक उपभोग्य बस्तु ओसारपसार गर्छन्। ना ४ क ६६२७ नम्बरको ट्रक ल्याएर जुम्ला आइपुग्न एक साता लाग्यो। बाटो सहज भएको खण्डमा एक दिनमा पुग्ने उनी यो पटक एक सातापछि जुम्ला पुगे।

उनले भने,‘मैले कर्णाली सडकमा गाडी चलाउन थालेको तीन वर्ष भयो। न कर्णाली राजमार्गको सुधार भएको देखेको छु। नत सरकार कर्णाली सडक प्रति उत्तरदायी भएको नै। मलाई त लाग्छ कर्णालीमा सरकार छैन्। कि सरकारी संयन्त्र, या त कर्णालीबासीको पक्षमा बोल्ने जनप्रतिनिधिको अभाव हो। ’

उनी शुक्रवार बिहान सडकमा गएको सानो ढुंगा हटाउन गइरहेको बेला ट्रक माथि पहिरो आइपुग्यो। चालक सिट र अगाडिको सबै सिसा फुट्यो। धन्न गाडी बाहिर निस्कदा म बाँचे, चालक दिलबहादुर भन्छन्,‘कर्णाली सडकमा त यस्ता मृत्यु कति जितियो कति। ’सडक आसपासमा बसेका प्रहरी प्रशासन गाडीको कन्डिशन मात्र हेर्छन्। राम्रो कण्डिशन नभएका गाडीबाट रकम लिन्छन्। सडक खुलेको छ या बन्द छ भन्ने बारेमा चासो लिइदैनन्,‘ उनले भने,‘कर्णाली सडकको यात्रा निकै जोखिमपूर्ण छ। जुन यात्रा हामी भगवान भरोसामा गरिरहेका छौँ। ’ दिलबहादुरको गाडी जुम्ला कालिकोट खण्डको धनाडा खण्डमा पहिरोमा परेको छ।  

पहिरो गइसकेपछि प्रहरी प्रशासनमा फोन गर्न खोज्दा समेत फोन लागेको हुदैन्। फोन लागेको खण्डमा पनि सिघ्र सुनुवाइको संभावना निकै कम हुन्छ। बिरगंजदेखि दुग्ध जुस ल्याएर जुम्लाका लागि हिँडेका मकवानपुरका कलबहादुर घलान सात दिनसम्म पनि जुम्ला पुग्न सकेका छैनन्। उनी कर्णाली राजमार्गको कालिकोट खण्डको खल्लागाडमै थन्किएका छन्।  

सिचाइँ कुलो जस्तो सडकमा गाडी चढ्न नमानेकोले बाध्य भएर बसेको उनी बताउँछन्। उनी बाटोमा पहिरो पन्छाउँदै यात्रा गरिरहेको अनुभव सुनाउँछन्। अहिले तीन तहको सरकार छ भन्छन्, बाटोको पहिरो हटाउन कुनै सरकार पनि बसेको भेटिदैन्। घलानले भने,’ ‘पहिलो पटक कर्णाली सडकमा यात्रा गरेका उनी कसरी घर फर्कने भन्ने चिन्तामा छु। नेपालगंजदेखि सुर्खेतसम्म जंगलै जंगलको यात्रा भयो। उनले भने,‘सुर्खेतदेखि कर्णालीको यात्रा पहिरै पहिरो भित्र भयोे। यो पटकको यात्रा निकै पीडादायक बन्यो। यो दुखलाई जीन्दगी भर वर्णन गर्न सक्नेछैन्।’

सडकमा ३० देखि ४० ठाउँमा पहिरोको सामना गरेर अघि बढेको उनी बताउँछन्। सडकमा राम्रो बास र गासको व्यवस्थापन नहुँदा दुई दिनसम्म भोकभोकै बस्ने गरेको चालकहरु बताउँछन्। कोराना भाइरसका कारण राम्रोसंग बास पाइदैन्। कतै सबै चालक मिलेर गाडी धकेल्दै ल्याउँछौ। कतै जेसिभिलाई निश्चित रकम दिएर बाटो खुलाउन लगाउँछौँ। उनले थपे,‘कर्णाली यात्रा निकै दुखदायी र बिचल्लीपूर्ण हुनेगर्छ। ’

धादिङका नविन श्रेष्ठले भैरहवाबाट चाउचाउ ल्याएर जुम्ला पुगेको एक दिन भयो। उनी फर्केर बिचबाटोमा पहिरोमा परे। ५ दिन लगाएर जुम्ला पुगेका उनी अब भैरहवा कहिले पुग्ने बारे सोचिरहेका छन्। यात्रा निकै कठिन भयो। अगाडि पछाडि पहिरो बीचमा अलपत्र समेत परियो। पाँच पटक जुम्ला आइसकेका उनले भने,‘कर्णाली सडकमा जस्तो कष्टकर यात्रा कुनै सडकमा पनि भोगिएन्। यहाँ न सरकार समयमै पुग्छ, उनले भने,‘सरकारले निर्माणको जिम्मेवार दिएका ठेकेदार नै। पहिरो गएपछि ब्यापार गर्न पाइन्छ भन्ने मानिसकता सबैमा जब्बर छ। ’

दुखका कुरा सुनाइ साध्यछैन्। कर्णाली सकडमा मृत्यु मार्गको रुपमा परिचित थियो। त्यो उपमा बाट अहिले सम्म पनि हट्न सकेको रहेनछ। नविन भन्छन्,’‘कर्णाली राजमार्गको दैलेख खण्ड देखि नाग्म सम्म दसवटा हेभि इक्युपमेण्ट राख्नुपर्छ। अहिले भइरहेको काम दिगो हिसावमा हुनेवाला छैन्। सरकारी पैसा खर्च भइरहने तर काम दिगो नहुने प्रकारले कर्णालीमा काम हुँदोरहेछ। ’

अहिले कर्णाली सडकको यात्रा नजाऔँ अरु पहिरो थपिने होकी, गइहालौ अगाडि पहिरो आइरहेको छ।  दैलेखको घट्टेखोलामा पुल बन्दैछ। बाटो निकै कठिन छ। त्यो बाटो पुल निर्माण गर्ने ठेकेदार कम्पनीले नै कठिन बनाइदिएको छ। सहजै रुपमा उक्लीन सक्ने सडक भए पनि ठेकेदारले जोखिमपूर्ण बनाइदिन्छन्। पछि स्काभेटर प्रयोग गर्न लगाएर एक ट्रकबाट एक हजार रुपैयाँ अशुल्दै आइराखेका छन्। कर्णालीमा कतै पहिरोको सास्ती त कतै कृत्रिम रुपमा जोखिम बनाएर रकम दिनु पर्ने अवस्था छ।  

कालिकोट तिला गुफाका स्थानीय युवा गोविन्द न्यौपाने अधिकांस गाडी बाटोमा अलपत्र पर्ने गरेको बताउँछन्।यहाँ भरपर्दो र सुविधायुक्त होटल छैनन्,पानी परिरहेको अवस्थामा गाडी धकेलीरहेको दृश्य सहजै रुपमा हेर्ने गरेका छौँ। कहिले युवा मिलेर गाडी धकेल्ने प्रयास गर्छौँ। उनले भने,‘सरकारी काम निकै ढिलासुस्ती छ। भने जस्तो उपकरण कर्णाली सडकमा छैनन्। सडक विभागले काम गर्दैन्। सडकको अवस्था नाजुक छ। चालकहरु चाउचाउ बिस्कुटले मात्र गुजारा चलाइरहेको भेट्दा मन दुख्ने गरेको छ। ’

सुर्खेत नेपालगंजबाट सहजै रुपमा मालबहाक गाडी हिडेका हुन्छन्। तर जुम्ला सम्म आइपूग्दा एक हप्ता लाग्छ। उद्योग बाणिज्य संघ जुम्लाका पुर्वमहासचिव भैरव कठायत भन्छन्,‘ कर्णाली सडकले ब्यापारी घाटा बेहोरीरहेका छन्। उपभोक्ताले समयमै खाद्य वस्तु पाइराखेका छैनन्। यो महिनामा कर्णाली सडकमा झण्डै एक सय बढी स्थानमा पहिरो गएको थियो।

सुर्खेत देखि जुम्ला सम्मको २ सय ३६ किलोमिटर सडकको अधिकांस सडक खण्ड पहिरोको जोखिममा छ। पहिरोले सडक साँघुरिएका छन्। कतै सडक सिचाइकुलो जस्तो बनिरहेका छन्।संघीयताले कर्णाली सडक झन संकटमा परेको स्थानीय बताउँछन्। संघीय सरकारको नजर कर्णाली सडकमा पर्दैन्। कर्णाली प्रदेश सरकारलाई यो सडक हस्तान्तरण भएको छैन्। जसले गर्दा कर्णाली सरकारले लगानी गर्न मान्दैन्। स्थानीय सरकार संग यो सडक बनाउने हैसियत पुग्दैन्। यहाँ व्यवस्था फेरिएपनि कर्णालीबासीले भोग्नु परिरहेको पिडा कम भएको छैन्।  

पानी संकलन भएको सडक सिचाइँकुलो जस्तो छ। पहिरो गएको सडक सामान्य घोरेटो बाटो जस्तो छ। कर्णाली सडकमा झण्डै एक सय बढि सवारीसाधन अलपत्र परेका छन्। नागरिक

प्रतिक्रिया