Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल पक्षको अल्टिमेटम थाहा छैन, अर्थ पनि छैन : सुवास नेम्वाङ

नेपाल पक्षको अल्टिमेटम थाहा छैन, अर्थ पनि छैन : सुवास नेम्वाङ

नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले खनाल–नेपाल समूहले दिएको अल्टिमेटमको कुनै अर्थ नभएको बताएका छन् ।

नेता नेम्वाङले माधव पक्षले आफूहरुसँग कुरा गर्दा कुनै शर्त वा अल्टिमेटम पनि नदिएको र यदि दिएको भए पनि त्यसको कुनै अर्थ नहुने रातोपाटीलाई बताए । उपनेता नेम्वाङले माधव नेपालको ६ बुँदे सर्तबारे पनि आफुलाई थाहा नभएको बताए ।

‘त्यस्तो कुनै शर्त पनि राख्नुभएको छैन । उहाँहरुले हामीसँग कुरा गर्दा अल्टिमेटम पनि दिनुभएको छैन,’ नेम्वाङले भने, ‘राति १२ बजे गर्नुभयो भने त्यो त हामीसँग सरोकार नै भएन ।’

रातोपाटीसँगको कुराकानीमा नेम्वाङले आफूहरुसँग कुरा गर्दा नेता नेपालले बरु ठोस प्रस्ताव ल्याउन भनेको बताए । उनले भने, ‘अनि हामीले तपाईले भनेको प्रस्ताव ठीक हो, त्यसमा छलफल गरौं, हामीले नै के गर्ने भनेर प्रस्ताव गरौं र छलफल गरौं भनेका हौ । साथै हामीले यो बीचमा ‘इरिटेसन’ हुने कुनै पनि काम नगरौं भन्याैँ ।’

आफूले राजीनामा साजिनामाका कुरा नगरौं भन्दा नेपालले हुन्छ वा हुन्न केही नभनेको भन्दै टाउको मात्रै हल्लाएको नेम्वाङले सुनाए ।

‘म जे छ, त्यही भन्छु’, नेम्वाङले सोही कुरा अध्यक्ष ओलीलाई सुनाएको बताए । जवाफमा ओलीले पनि टाउको मात्रै हल्लाएको नेम्वाङको भनाइ छ । ‘अध्यक्षले पनि ठीक छ भन्नुभयो, टाउको मात्रै हल्लाउनुभयो’, ओलीको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, ‘कुनै नेगेटिभ कुरा गर्नुभएन ।’

अल्टिमेटमको म्याद सकियो

यसैबीच, एमालेको खनाल नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताका लागि दिएको अल्टिमेटमको म्याद सकिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने समय नजिकिँदै गएका बेला आइतबार साँझ सो समुहको बैठक बसी सोमबार साढे नौ बजेसम्म पार्टीलाई २०७५ जेठ २ को अवस्थामै फर्काएर चलाउने तथा सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने प्रतिवद्धता जनाउन शर्त राखेको थियो ।

बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीलाई ६ बुँदे सर्तसहितको पत्रसमेत पठाएका थिए ।

तर, माधव पक्षले राखेको उक्त शर्तमा अध्यक्ष ओलीले कुनै जवाफ नदिएको नेम्वाङले बताएका छन् । ओलीको जवाफ नआएपछि असन्तुष्ट समूहले बैठक बसेर सामुहिक राजीनामा दिने तयारी गरेको छ ।

प्रतिक्रिया