ताजा अपडेट
एमाले कार्यदल बैठक ७ बजेसम्मका लागि स्थगित, के होला त आजै सहमति ?
काठमाडौं । नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ।
आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो।
अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले आजै सहमतिको घोषणा हुन सक्ने बताए।
बैठक आन्तरिक तयारीका लागि स्थगित गरिएको नेताहरुले बताए। अहिले दुबैपक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन्। ओली पक्ष प्रधानमन्त्री कार्यालयमा छलफलमा जुटेको छ भने वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफल गरिरहेका छन्।
कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया