Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

डा. केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन

डा. केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ।

मन्त्रालयका १२औं तहका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा सोमबार समिति गठन गरिएको हो।
समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा, स्वास्थ्य र कानुन मन्त्रालयका सहसचिव सदस्य छन्। 

समितिले डा केसीसँग भएका सम्झौता कार्यान्वयन अवस्था अनुगमनगरी कार्यान्वयनका लागि ठोस सुझाव दिने बताइएको छ। डा. केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा केसीले ३ गतेबाट बस्ने भनेको अनसन स्थगित गरेका थिए। 

प्रधानमन्त्री देउवा र डा. केसीबीच सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको थियो।

यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा प्रतिष्ठानको विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने सहमति भएको छ।

यसैगरी, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनहरूलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनसाथ प्रक्रिया अघि बढाउने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्‍याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने लगायतका सहमति पनि भएका छन्।

त्यसपछि मन्त्रालयले भदौ २ गते नै ती प्रतिबद्धता पूरा गर्ने भन्दै सार्वजनिक घोषणा गरेको थियो। 

प्रतिक्रिया