Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

तुर्माखाँद गाउँपालिकाको वडा नं ४ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरी तिन दर्जन बढी कांग्रेसमा प्रवेश

तुर्माखाँद गाउँपालिकाको वडा नं ४ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरी तिन दर्जन बढी कांग्रेसमा प्रवेश

अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पुर्व तयारी तथा  कार्यकर्ता भेला कार्यक्रम बुधबार तुर्माखाँद गाउँपालिकाको  वडा नं ४ मा सम्पन भएको छ । नेपालि काँग्रेस तुर्माखाँद गाउँपालिकाका सभापति टेक बहादुर बयकको सभापतित्वमा ४ नं वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रम भएको हो । 

कार्यक्रममा स्थानिय तह समन्वय विभाग केन्द्रिय समिति सदस्य कर्ण बहादुर बुढा प्रमुख अतिथि रहनु भएको थियोे भने विशिष्ठ अतिथिमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा रहनु भएको थियो । बैठकमा बोल्ने अधिकांश नेताहरुले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व र पदाधिकारी चयन हुनु पर्नेमा जोड दिएका छन् ।

बैठकमा नेपाली काँग्रेसका विभिन्न नेता कार्यकर्ता, नेपाल बिद्यार्थी संघ, शिक्षक संघ, महिला संघ,दलित संघ, तरुण दल,लगायतका अन्य पत्रकार तथा शुभेच्छुकहरुको उल्यख्य सहभागीता रहेको थियो । 

कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रका तिन दर्जन बढी नेता तथा कार्यकता नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । प्रवेस गर्नेहरुमा २०४६ साल देखी नेकपा एमालेमा संगठीत सदस्य रहनु भएका वृजिते कामी, २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा उम्मेदवार रंगे कामी लगायत लक्षीराम विक,विरवले कामी,धन बहादुर कामी,जनक बहादुर बयक,मनहरे कामी,डिल बहादुर विक, नेकपा एमाले वडा सदस्य पार्वती देवी विक, कला देवी बयक,केस राज बयक,विस्नु देवी सावद,विरवले ढोली,उदे ढोली,टेक बहादु नेपाली,चक्र बहादुर बुढा,जहरे ढोली, प्रतावे ढोली लगाय तिन दर्जन नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । 

कार्यक्रमको सञ्चालन तुर्मादखाँद गाउँपालिका कार्यसमिति सचिव हर्क बहादुर बुढाले गर्नु भएको थियो ।

प्रतिक्रिया