ताजा अपडेट
संसद अधिवेशन भदौ २३ गते बोलाउन सरकारको सिफारिस
काठमाडौँ । सरकारले भदौ २३ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजे बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।
त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।
त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया