Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

देउवा र प्रचण्डलाई ओलीको प्रश्नः एमसीसी के गर्ने हो?

देउवा र प्रचण्डलाई ओलीको प्रश्नः एमसीसी के गर्ने हो?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गर्नुभएको छ ।

शनिबार नेकपा एमालेको काठमाडौँ महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गर्नुभयो ।

एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोख्नुभयो ।

‘यिनै मान्छेहरु हुन् । कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी‘ बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्’ ओलीले भन्नुभयो, ‘बोल्दैनन्, के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् भन्नुपर्दैनरु शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने रु अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्नेरु हिजो साइन गर्नुभएको थियो, के गर्ने एमसीसीरु उहाँहरु चुपचाप ।’

‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्‍यो’ उहाँले भन्नुभयो, ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’

सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताउनुभयो ।

प्रतिक्रिया