Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कांग्रेसका डडेल्धुरा सभापति मल्ल बसे सानेपामा  रिले अनसन

कांग्रेसका डडेल्धुरा सभापति मल्ल बसे सानेपामा  रिले अनसन

काठमाडौँ । डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा रिले अनसनमा बसेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको छ ।

जिल्लाको सिफारिस बिनै केन्द्रबाट क्रियाशील सदस्यता थप गरिएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको थियो । तर निर्वाचन समितिले भने अधिवेशन प्रक्रिया अगाडि बढाएपछि जिल्ला मल्ल पक्ष अन्दोलनमा उत्रिएको हो ।

११ दिन जिल्ला पार्टी कार्यालयमा अनसन बन्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरु मंगलबार काठमाडौं आएर बुधबारदेखि अनसन सुरु गरेका हुन् ।

अनसनमा जिल्ला उपसभापति करुणाकर भट्ट, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित स्थानीय नेताहरु सहभागी छन् । उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने बताए ।

डडेल्धुरामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । डडेल्धुरामा मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ ।

प्रतिक्रिया