ताजा अपडेट
कांग्रेसका डडेल्धुरा सभापति मल्ल बसे सानेपामा रिले अनसन
काठमाडौँ । डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा रिले अनसनमा बसेका छन् ।
सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको छ ।
जिल्लाको सिफारिस बिनै केन्द्रबाट क्रियाशील सदस्यता थप गरिएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको थियो । तर निर्वाचन समितिले भने अधिवेशन प्रक्रिया अगाडि बढाएपछि जिल्ला मल्ल पक्ष अन्दोलनमा उत्रिएको हो ।
११ दिन जिल्ला पार्टी कार्यालयमा अनसन बन्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरु मंगलबार काठमाडौं आएर बुधबारदेखि अनसन सुरु गरेका हुन् ।
अनसनमा जिल्ला उपसभापति करुणाकर भट्ट, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित स्थानीय नेताहरु सहभागी छन् । उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने बताए ।
डडेल्धुरामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । डडेल्धुरामा मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया