Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २८ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धेरै जितेँ नभन्नोस्, व्याख्यात्मक घोषणा भनिए पनि एमसीसीमा कुनै परिवर्तन हुँदैन : रिजाल

धेरै जितेँ नभन्नोस्, व्याख्यात्मक घोषणा भनिए पनि एमसीसीमा कुनै परिवर्तन हुँदैन : रिजाल

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले व्याख्यात्मक घोषणा भनिए पनि एमसीसी सम्झौतामा कुनै परिवर्तन नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै उनले जुनसुकै व्याख्यात्मक टिप्पणी लेखिए पनि सम्झौताको बुँदा परिवर्तन नहुने स्पष्ट पारे ।

सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कारण प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएर व्याख्यात्मक घोषणा गर्ने भनिए पनि त्यसो नगरिने उनले बताए ।

“कसैको मुज (जुँगा) निचा (मुनि) गर्न मिलेन भनेर त्यो व्याख्यात्मक टिप्पणी आवश्यक पर्‍यो । जति नारा लगाए पनि यो प्रावधान परिवर्तन हुँदैन । लचकता कांग्रेसले प्रशस्त देखाएको छ,” उनले भने, “धेरै जितेँ नभन्नुहोस् । सडकमा मान्छे उचाल्नुभयो । निर्वाचनअघि राष्ट्रघाती, पछि राष्ट्रवादी भन्दै हिड्नुभयो । चीन, अमेरिका, भारत सबैबाट सहयोग लिऊँ । नारा लगाएर मात्र लोकतन्त्र बलियो हुन्न । हिजो एकसाथ सत्तामा बस्दा यो अघि बढाएको हैन ?”

एमसीसी परियोजना ५३ देशमा लागु भइसकेको, १० देशमा कार्यान्वयनको अवस्थामा रहेको र १२ देशमा विकसित हुँदै गएको तथा दुई देशमा बन्द गरिएको भन्दै उनले नेपालमा मात्र यो लागु भएको जस्तो गरेर गलत बहस भइरहेको उल्लेख गरे ।

“हामी झगडा गर्छौँ, यस्तो सहायता लिन्नौँ भन्छौँ, यो मागेको प्रोजेक्ट हो, यो आयो भने अमेरिकी कानुन लागु हुन्छ भनेर बहस र प्रचर गरिरहेका छौँ । यो सब बेकारको प्रचार हो,” उनले भने ।

प्रतिक्रिया