Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रावललाई थापाको चुनौती- 'राष्ट्रघाती भए मेरो चारपाटा मुडेर थानकोट कटाइयोस्'

रावललाई थापाको चुनौती- 'राष्ट्रघाती भए मेरो चारपाटा मुडेर थानकोट कटाइयोस्'

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले एमसीसी लागू गर्दा अमेरिकी सैनिक नेपालमा आउने अवस्था आएमा त्यसलाई तत्क्षण खारेज गर्न सकिने बताएका छन् ।

एमसीसी सम्झौता ल्याएकोमा गल्ती गरेको नभई सबैले यसको जिम्मेवारी लिनुपर्ने उनले बताएका थिए । आइतबार राति संसद्‍ बैठकमा जारी एमसीसीमाथि दफाबार छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

एमसीसीबारे यसअघि उठेका प्रश्नको जवाफ दिँदै उनले यदी एमसीसीका आधारमा अमेरिकी सैनिक नेपाल आएको खण्डमा खारेज गर्न सकिने बताएका थिए । यस्तै एमालेका नेता भीम रावललाई लक्षित गर्दै उनले खुला बहस गर्न चुनौती समेत दिएका थिए ।

'मानीय भीम रावल ज्यु । म चुनौती सामना गर्न तयार छु । कहाँ बहस गरौँ । सडकमा वा सदनमा । काठमाडौंमा कि अछाममा । म काठमाडौंको सांसद् यदी एमसीसी सम्झौता राष्ट्रघाती भएमा मेरो नागरिकता खोसियोस् । चारपाटा मोडेर थानकोट कटाइयोस् । सम्पत्ति खोसियोस् । म चुनौती दिन्छु,' नेता थापाले भनेका थिए ।

यस्तै नक्कली राष्ट्रवादीले मान्छैलाई मर्नका लागि उचाल्ने तर आफू सच्चा राष्ट्रवादी भएको उनले चेतावनी दिएका थिए । यसअघि एमाले नेता भीम रावलले एमसीसी पास गर्न समर्थन जनाउने सबै नेताहरू गद्दार भएको आरोप लगाएका थिए ।

प्रतिक्रिया