Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १८ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रचण्डलाई प्रकाण्डको प्रश्न : प्रतिगमनको खतरा कहाँ छ, ज्ञानेन्द्र नै आउँछन् ?

प्रचण्डलाई प्रकाण्डको प्रश्न : प्रतिगमनको खतरा कहाँ छ, ज्ञानेन्द्र नै आउँछन् ?

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले ‘प्रतिगमन’को खतरा नरहेको बताएका छन् ।

सोमबार कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा को बाट हो भनेर प्रश्न समेत गरे।

‘प्रचण्डले भर्खरै यहाँ बोलेर जानुभएको छ,’ उनले भने, ‘उहाँले भन्नु भएछ–अहिले प्रतिगमनको खतरा छ । कहाँ छ प्रतिगमनको खतरा ? अहिले नेपालमा खतरा भनेको दलाल पुँजीवादको छ । प्रतिगमनको खतरा छ भनेको ज्ञानेन्द्र आउँछ भनेको ? ज्ञानेन्द्र आएर यहाँ प्रतिमगन गर्छन् ? त्यो परिवेश नै छैन ।’

अहिले ‘दलाल पुँजीवाद’को खतरा रहेको प्रकाण्डको जिकिर छ । ‘दलाल पुँजीवादको खतरा हो यो देशमा अहिले,’ विश्वकर्माले भने, ‘अहिले खतरा प्रतिगमनको होइन ।’

आफूले यस्तो तर्क गर्दा ‘संसदवादी पार्टी’लाई घाटा लागे त्यो उनीहरुको सरोकारको कुरा हुने विश्वकर्माको भनाइ छ। ‘मैलै यो तर्क गर्दा, मैले यो कुरा गर्दा संसदवादी दलका नेताहरुले सायद आफ्नो हित र अहितको हिसाब गर्नुहुन्छ होला,’ उनले भने, ‘नाफा हुन्छ कि घाटा हुन्छ त्यो उहाँहरुको कुरा हो ।’

पहिले प्रचण्डले अलिकति हिम्मत गरेको भए देश नयाँ व्यवस्थामा जाने उनको तर्क छ। ‘अलिकति हिम्मत गरेको भए हाम्रो देश मुक्त हुन्थ्यो, नेपाली जनता मुक्त हुन्थे,’ विश्वकर्माले भने, ‘यो देशमा नयाँ जनवादी व्यवस्था हुन्थ्यो । सायद हामी बैज्ञानिक समाजवादतर्फ उन्मुख हुन्थ्यौं ।’

तर, प्रचण्डमा राजनीतिक विचलन आएको र संसदीय राजनीतिमा प्रवेश गरेको आरोप उनले लगाए । ‘तर, प्रचण्डजीमा ठूलो राजनैतिक र वैचारिक विचलन आयो,’ प्रकाण्डले भने, ‘बाबुरामजीमा ठूलो विचलन आयो । आफ्नो जनवादी राजनीति छोडेर संसदवादी राजनीतिमा प्रवेश गरेपछि अनि हाम्रो हालत खराब नभएपछि कसको हुन्छ ?’

उनले थपे, ‘त्यो पार्टीको, त्यो नेताको हालत खराब भएपछि कसको हुन्छ ? तपाईंहरुले हेर्नुभएको छ– अस्तित्व रक्षाका लागि माओवादी कहिले एमालेको, कहिले कांग्रेसको टाङमा छिर्नुपरेको छ ।’

२०६४ मा माओवादी देशको सबैभन्दा शक्तिशाली पार्टी भएको भन्दै विश्वकर्माले त्यतिबेला माओवादीका सामान्य कार्यकर्ताले पनि ठूला नेतालाई पराजित गरेको स्मरण गर्न उनले आग्रह गरे।

‘यो कुरा नेताहरुले समीक्षा गर्नुपर्दैन ?,’ उनको प्रश्न छ, ‘मञ्चमा आएर अन्टसन्ट भनेर हुन्छ ? हामी माओवादीले २०६२/०६३ पछि राजनीतिक, वैचारिक रुपले गल्ती गर्‍यौं । जसका कारण अहिले यो देशमा सबैभन्दा बढी यो देशका निम्ति लड्ने जनता प्रताडित छन् । सबै भन्दा बढी अहिले उनीहरुका विरुद्ध षड्यन्त्र छ ।’

प्रतिक्रिया

ट्रेन्डिङ