ताजा अपडेट
कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ
कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार राना र उनका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ । सोही आरोपमा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले सोमबार कुटपिट गरेको आरोप लागेको उनले बताए । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच सोमबार दिउँसो गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राना सत्ता पक्षीय गठबन्धनको तर्फबाट डिलाशैनीमा साझा उम्मेदवारसमेत हुन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया