Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सार्वजनिक गाडीकाे भाडा घट्याे

सार्वजनिक गाडीकाे भाडा घट्याे

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।
स्वचालित प्रणालीअनुसार आइतबार रातिदेखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो।

सोहीअनुरूप विभागले यात्रुवाहक सवारीसाधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ। यस्तै मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव शून्य ९ प्रतिशतले भाडा घटेको छ। ६८८ किलोमिटर दुरी काठमाण्डौँ–धनगढीको भाडा एक हजार ८ सय ९९ रुपैयाँबाट घटेर एक हजार ८ सय ५९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै काठमाण्डौ–सितागढी–साँफेबगर ८ सय ९९.६ किलोमिटरको भाडा दुई हजार ६९३ रुपैयाँबाट घटाएर दुई हजार ६३६ कायम गरिएको छ।

काठमाण्डौँ–महेन्द्रनगर ६९५ किलोमिटरको भाडा एक हजार ९ सय १५ रुपैयाँबाट घटाएर एक हजार ८ सय ७४ रुपैयाँ कायम गरिएको छ। काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा ७७३ किलोमिटरको भाडा दुई हजार दुई सय ३८ रुपैयाँबाट घटाएर दुई हजार एक सय ९० रुपैयाँ, काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा–बैतडी ८६४ किलोमिटरको भाडा दुई हजार पाँच सय ६४ बाट घटाएर दुई हजार पाँच सय १० रुपैयाँ, धनगढी–जनकपुर ७६३ किलोमिटरको भाडा दुई हजार ४७ रुपैयाँबाट घटाएर दुई हजार चार रुपैयाँ कायम गरिएको छ।

त्यस्तै धनगढी–नेपालगञ्ज १९९ किलोमिटरको भाडा ५६९ बाट घटाएर ५५७, धनगढी–विराटनगर ८२६ किलोमिटरको भाडा दुई हजार दुई सय १९ बाट घटाएर दुई हजार एक सय ७१ रुपैयाँ कायम गरिएको छ। त्यस्तै धनगढी–स्याङजा–पोखरा ५८६ किलोमिटरको भाडा एक हजार ७ सय २३ रुपैयाँबाट घटाएर एक हजार ६ सय ८६ कायम गरिएकोछ।

काठमाण्डौँ–अत्तरिया–चैनपुर ९४४ किलोमिटरको भाडा दुई हजार ९ सय ४३ रुपैयाँबाट दुई हजार ८ सय ८० रुपैयाँ तथा काठमाण्डौँ–अत्तरिया–मार्तडी ९४४.६ किलोमिटरको भाडा दुई हजार ९ सय ५९ बाट घटाएर दुई हजार ८ सय ९६ रुपैयाँ कामय गरिएको छ।

प्रतिक्रिया