Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपालमा श्रीलंकामा जस्तो आर्थिक संकट आउन नदिन के गर्ने? ( बुँदागत रूपमा हेर्नुहोस)

नेपालमा श्रीलंकामा जस्तो आर्थिक संकट आउन नदिन के गर्ने? ( बुँदागत रूपमा हेर्नुहोस)

मेरो पैसा हो म जेसुकै गरुँ , जेसुकैमा खर्च गरुँ  भन्ने मानसिकता त्यागौ । आज श्रीलंकामा करोडौं बैंक ब्यालेन्स छ श्रीलंकनहरूसँग  पैसा छ तर आजा उनीहरुले प्राथमिक आवश्यकता पुरा गर्न सकेका छैनन् । पेट खाली राख्नुपर्ने स्थिति छ । यसको एउटै कारण हो श्रीलंकासँग विदेशी मुद्रा संचित नहुनु । यस्तो अवस्था आउन नदिनको लागि निम्नअनुसारका कुरा व्यवहारमा लागू गरौं :

१)सबैभन्दा पहिले त विदेशमा भएका नेपाली नागरिकले पैसा पठाउँदा हुण्डीको कारोबार गर्दै नगरौं । हुण्डीबाट पैसा पठाउँदा तपाईंको घरपरिवारले त पैसा पाउलान् , तपाईंलाइउ पैसा पठाउँदा केही सस्तो पनि होला तर यसरी विदेशी मुद्रा हुण्डीबाट पठाउँदा विदेशी मुद्रा बैंकिङ प्रणालीमा नआउने हुँदा यसले विदेशी मुद्रा संचितमा कमि आउँछ ।

२) केही महिना विदेशी श्रिङ्गार , खान अनि कपडाको आयात  बन्द गरौं । स्वदेशी सामान प्रयोग गरौं ।

३) विदेशबाट डलर तिरेर आयात गरेका विलासिताका वस्तुहरू जस्तै : गाडी, सुन , विदेशी रक्सी किन्न बन्द गरौं ।

४) विदेश भ्रमण केही समयलाई बन्द गरौं र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरौं ।

५)  पेट्रोलियम पदार्थको खपत कम गर्न व्यक्तिगत गाडीको सट्टा  सार्वजनिक सवारीसाधन प्रयोग गरौं । आवश्यक काममा मात्र निजि सवारीसाधन प्रयोग गरौं ।

६) केही समययता स्मार्ट फोनको आयात पनि निकै बढेको छ जसले गर्दा हाम्रो संचित विदेशी मुद्रा बाहिर्न गयो । त्यसैले अबका केही महिना पुरानै स्मार्ट फोनको प्रयोग गरौं र नयाँ नकिनौ ।

७) विदेशी मुद्रा संचित घट्दै गएर हामी पनि गम्भीर आर्थिक संकटतर्फ जाँदै छौँ । यो स्थिति आउन नदिनन हामी आम देशभक्त नागरिकले पनि आ-आफ्नो क्षेत्रबाट  केही योगदान गर्नैपर्छ ।

माथी उल्लेखित अवस्था आउन नदिन समयमै सचेत हुनैपर्छ । कुनै बेला हामी हरेक नेपालीसँग  पैसा हुनेछ तर ,विदेशी मुद्रा संचित नभएका कारणले गर्दा श्रीलंकाको जस्तो अवस्था नआउला भन्न सकिन्न । त्यसैले समयमै ध्यान दिऔं ।

प्रतिक्रिया