Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालमा श्रीलंकामा जस्तो आर्थिक संकट आउन नदिन के गर्ने? ( बुँदागत रूपमा हेर्नुहोस)

नेपालमा श्रीलंकामा जस्तो आर्थिक संकट आउन नदिन के गर्ने? ( बुँदागत रूपमा हेर्नुहोस)

मेरो पैसा हो म जेसुकै गरुँ , जेसुकैमा खर्च गरुँ  भन्ने मानसिकता त्यागौ । आज श्रीलंकामा करोडौं बैंक ब्यालेन्स छ श्रीलंकनहरूसँग  पैसा छ तर आजा उनीहरुले प्राथमिक आवश्यकता पुरा गर्न सकेका छैनन् । पेट खाली राख्नुपर्ने स्थिति छ । यसको एउटै कारण हो श्रीलंकासँग विदेशी मुद्रा संचित नहुनु । यस्तो अवस्था आउन नदिनको लागि निम्नअनुसारका कुरा व्यवहारमा लागू गरौं :

१)सबैभन्दा पहिले त विदेशमा भएका नेपाली नागरिकले पैसा पठाउँदा हुण्डीको कारोबार गर्दै नगरौं । हुण्डीबाट पैसा पठाउँदा तपाईंको घरपरिवारले त पैसा पाउलान् , तपाईंलाइउ पैसा पठाउँदा केही सस्तो पनि होला तर यसरी विदेशी मुद्रा हुण्डीबाट पठाउँदा विदेशी मुद्रा बैंकिङ प्रणालीमा नआउने हुँदा यसले विदेशी मुद्रा संचितमा कमि आउँछ ।

२) केही महिना विदेशी श्रिङ्गार , खान अनि कपडाको आयात  बन्द गरौं । स्वदेशी सामान प्रयोग गरौं ।

३) विदेशबाट डलर तिरेर आयात गरेका विलासिताका वस्तुहरू जस्तै : गाडी, सुन , विदेशी रक्सी किन्न बन्द गरौं ।

४) विदेश भ्रमण केही समयलाई बन्द गरौं र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरौं ।

५)  पेट्रोलियम पदार्थको खपत कम गर्न व्यक्तिगत गाडीको सट्टा  सार्वजनिक सवारीसाधन प्रयोग गरौं । आवश्यक काममा मात्र निजि सवारीसाधन प्रयोग गरौं ।

६) केही समययता स्मार्ट फोनको आयात पनि निकै बढेको छ जसले गर्दा हाम्रो संचित विदेशी मुद्रा बाहिर्न गयो । त्यसैले अबका केही महिना पुरानै स्मार्ट फोनको प्रयोग गरौं र नयाँ नकिनौ ।

७) विदेशी मुद्रा संचित घट्दै गएर हामी पनि गम्भीर आर्थिक संकटतर्फ जाँदै छौँ । यो स्थिति आउन नदिनन हामी आम देशभक्त नागरिकले पनि आ-आफ्नो क्षेत्रबाट  केही योगदान गर्नैपर्छ ।

माथी उल्लेखित अवस्था आउन नदिन समयमै सचेत हुनैपर्छ । कुनै बेला हामी हरेक नेपालीसँग  पैसा हुनेछ तर ,विदेशी मुद्रा संचित नभएका कारणले गर्दा श्रीलंकाको जस्तो अवस्था नआउला भन्न सकिन्न । त्यसैले समयमै ध्यान दिऔं ।

प्रतिक्रिया

ट्रेन्डिङ