Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

सुदूरपश्चिमको आर्थिक तथ्यचित्र

सुदूरपश्चिमको आर्थिक तथ्यचित्र

सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या २७ लाख ११ हजार २ सय ७० छ । यो नेपालको कुल जनसंख्याको ९.२८ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा ७.२१ प्रतिशत छ । गत आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.९३ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८ सय २८ छ । यो नेपालभरको बैंक तथा वित्तीय संस्थाको ७.२९ प्रतिशत हो । प्रदेशगत रूपमा यो छैटौं स्थानमा छ । प्रदेशमा बैंकले प्रतिशाखा ३ हजार २ सय ७४ जनालाई वित्तीय सेवा दिइरहेका छन् । देशभरका कुल सहकारीमध्ये ६.९२ र बिमा कम्पनीका शाखामध्ये ९.९१ प्रतिशत यहाँ छन् । नेपालको कृषि उत्पादन र उत्पादनमूलक उद्योगका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ । कृषि उत्पादन र उत्पादनमूलक उद्योगमा सुदूरपश्चिमको हिस्सा ५.४/५.४ प्रतिशत छ । वन क्षेत्रका हिसाबले भने यो प्रदेश सबैभन्दा अघि छ । नेपालको कुल वन क्षेत्रको १७.३४ प्रतिशत हिस्सा यस प्रदेशले ओगटेको छ ।

प्रतिव्यक्ति आयका हिसाबले सुदूरपश्चिम प्रदेश पाँचौं स्थानमा छ । गत आर्थिक वर्षमा यस प्रदेशका नागरिकको प्रतिव्यक्ति आय १०३१ अमेरिकी डलर छ । विद्यालय संख्याका आधारमा पनि यो प्रदेश पाँचौं स्थानमा छ । यहाँ ४ हजार ६१ विद्यालय छन् । यो नेपालको कुल विद्यालय संख्याको ११.८२ प्रतिशत हो ।

प्रादेशिक रूपमा तुलना गर्दा ऊर्जा उत्पादनका हिसाबले यस प्रदेशको हिस्सा ५२ मेगावाट छ । यो मधेस, लुम्बिनी र कर्णालीको भन्दा धेरै हो । ऊर्जा पहुँचमा भने यो छैटौं स्थानमा छ । प्रदेशका ७१.०७ प्रतिशत जनसंख्यामा ऊर्जा पहुँच छ । सुदूरपश्चिममा १ सय ३० उद्योग दर्ता भएका छन् । तिनमा ४७ अर्ब रुपैयाँ लगानी भएको छ । उद्योग संख्या र लगानीका हिसाबले यस प्रदेशको हिस्सा क्रमशः २.५७ र १.८७ प्रतिशत छ । सडक सञ्जालका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ । यहाँ ५ हजार ४ सय ७५ किमि सडक निर्माण भएको छ । यो नेपालभरको कुल सडक सञ्जालको ८.४७ प्रतिशत हो । यस क्षेत्रमा ३ लाख ६ हजार २ सय ३ वटा डिम्याट खाता खुलेका छन् । नेपालमा खुलेको कुल डिम्याट खाताको करिब ५.७२ प्रतिशत हो यो ।

निजी प्रतिष्ठानमा आबद्ध रोजगारीका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमै छ । यहाँका १ लाख ८५ हजार २ सय जना जनशक्ति रोजगारीका लागि निजी प्रतिष्ठानमा आबद्ध छन् । सुदूरपश्चिममा विदेशी लगानीका ५० उद्योग दर्ता भएका छन् । यो नेपालभर रहेका कुल विदेशी लगानीका उद्योगका हिसाबले सबैभन्दा कम (०.९३) प्रतिशत हो । सवारीसाधन दर्ताका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ । गत असारसम्म यहाँ १ लाख ९२ हजार ३ सय ९० सवारीसाधन दर्ता भएका छन् । यो नेपालभर दर्ता भएका कुल सवारीसाधनको ३.८ प्रतिशत मात्र हो ।

भारतबाहेकका मुलुकमा वैदेशिक रोजगारीमा जाने संख्याका हिसाबले पनि यो प्रदेश सबैभन्दा पछि छ । आर्थिक वर्ष ०७८/७९ मा यस प्रदेशबाट १५ हजार ३ सय २५ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । निर्यातका हिसाबले भने यहाँ प्रशस्त सम्भावना छ । यस प्रदेशबाट तरकारी, जैतुनको तेल, जडीबुटी, टर्पेन्टाइन तेल, रोजिन र रोजिन तेल, फलफूल, दुग्धजन्य पदार्थ, जलविद्युत्लगायत वस्तु निर्यातको सम्भावना छ । आर्थिक वर्ष ०७९/८० मा प्रदेशगत बजेटका हिसाबले पनि यो प्रदेश सबैभन्दा पछि छ । उक्त आर्थिक वर्षमा कुल प्रदेशगत बजेटको १२ प्रतिशत हिस्सा मात्र यस प्रदेशले ओगटेको छ । कान्तिपुर

प्रतिक्रिया